यसरी पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ भारतीय मूलुकी क्यानेडियन अभिनेत्री सन्नी लियोनी फोटो फिचर
भारतीय मूलुकी क्यानेडियन अभिनेत्री हुन्, सन्नी लियोनी । भारतमा मात्र नभएर विश्वमा नै उनको ठूलो ‘चार्म’ छ ।
सन् २०१५ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् ।
भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । तर, उनी सानी छदाँ पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिन् । ‘सानी छदाँ मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’
किशोरावयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् ।
सन् २००२ मा उनको जीवनको मोड पुरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ रु’ साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् । कुरो ठिकै होजस्तो लाग्यो ।
मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफरसँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे ।





0 comments
Write Down Your Responses