नेपाली भूमि मिचेर बनेको भारतीय जाँचचौकीको उद्‌घाटन नेपाली पक्षद्वारा बहिष्कार

वीरगन्ज - वीरगन्जको अलौंसँग सीमा जोडिएको भारतीय भू-भागमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को उदघाटन समारोह नेपाली पक्षले बहिष्कार गरेको छ। 

शुक्रबार आयोजित उदघाटन समारोहमा सहभागी हुन भारत सरकारले निम्तो दिए पनि नेपाली अधिकारी र उद्योगी व्यपारीहरु उक्त उदघाटन समारोहमा सहभागी भएनन्। नेपाल र भारत दुवैतर्फ बन्दै गरेको आइसीपीको भारततर्फको भन्सार जाँचचौकीको शुक्रबार उदघाटन गरिएको हो। नेपालतर्फको निर्माण कार्य भने अधुरै छ। दुवै तर्फको भौतिक संरचनाको निर्माण भारत सरकारले नै गर्दै आएको छ। नेपालतर्फको निर्माण कार्य अधुरै रहेका बेला भारतले आफनोतर्फको मात्र निर्माण कार्य सकेर एकलौटी रुपमा शुक्रबारदेखि आइसीपीको सञ्चालन गरेको हो। 

भारतीय महावाणिज्य दूतावासकी वाणिज्यदूत अन्जु रन्जन, भारतीय ल्याण्ड कोट अथोरिटी चेयरमेन वाइ एस सेरावत र रक्सौल कस्टमका अधिकारी आर के सिंहले संयुक्त रुपमा आइसीपीको उदघाटन गरेका थिए। भारतीय सरकारको एकलौटी कदमप्रति रुष्ट भएको नै नेपाली पक्षले उदघाटन समारोह बहिष्कार गरेको हो। उदघाटन समारोहमा सहभागी हुन भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरे , पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ , वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया सहित वीरगन्जका प्रतिष्ठित उद्योगी व्यपारीलाइ निम्तो दिएको थियो।तर उदघाटन समारोहमा नेपालका तर्फबाट कोही पनि सहभागी भएनन्। 

भन्सार विभागबाट आदेश नआएकाले आफु भारतीय आइसीपीको उदघाटन कार्यक्रममा सहभागी नभएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख पोखरेलले अन्नपूर्ण पोष्टलाई बताए। उनले भने, 'एक त औपचारिक निम्तो पनि थिएन, भारतीय पक्षले अनौपचारिक रुपमा मात्रै आउनु भनेका थिए, उनले भने, 'अर्को माथिको आदेश पनि थिएन, त्यसैले म गइन।' पर्साका प्रहरी उपरिक्षक श्रेष्ठले पनि विदेशी कार्यक्रममा सहभाग हुन माथिल्लो निकायको अनुमति लिनु पर्ने भएकाले आफु उदघाटन समारोहमा नगएको बताए। उतबाट आधिकारी निम्तो पनि आएको थिएन, उनले भने, 'आधिकारी निम्तो नआएका कारण मैले माथिल्लो निकायबाट अनुमति पनि मागिन, त्यसैले कार्यक्रममा गइन। 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले कार्य व्यस्तताका कारण भारतीय आइसीपीको उदघाटन कार्यक्रममा सहभागी हुन नपाएको बताए। एक त मौखिक निम्तो मात्रै गरेका थिए, उनले भने, 'अर्को कुरा म आज आफनै नीजी काममा दिनभर व्यस्त भए त्यसैले त्यता जना पाइन। भारततर्फको मात्र आइसीपी सन्चालनमा आउने भएपछि सामानको निकासी पैठारीमा समस्यामा पर्ने भन्दै वीरगन्जका उद्योगी व्यपारी भारतको एकलौटी कदम प्रति रुष्ट भएका हुन्। भारतले एकतर्फी रुपमा गर्न लागेको आइसीपीको सन्चालन प्रकृया रोक्न माग गर्दै वीरगन्ज उद्योग वाणिज्य संघले गत बुधबार वाणिज्य मन्त्रालयमा पत्र नै पठाएको थियो।

'बाटो पनि त्यति राम्रो छैन, अहिलेको रक्सौल भन्सार भन्दा आइसीपी १३ किलोमिटर टाढा छ, संघका अध्यक्ष प्रदीप केडियाले भने, 'नेपाल तर्फको अधुरै रहेका बेला भारतले एकतर्फी रुपमा सन्चालन गर्दा २६ किलोमिटरको दुरी ओहोर दोहोर गर्नुपर्छ, जसले ढुवानी लागत पनि बढ्छ, जाँचपासको प्रकृया पनि झन्झटिलो बन्छ। आइसिपिमा भारतले आफनो तर्फको निर्माण कार्य पुरा गरी शुक्रबार देखि सञ्चालनमा ल्याइसकेको अवस्थामा नेपालतर्फको ६९ प्रतिशत मात्र काम सम्पन्न भएको आइसीपीको निर्माण कार्य ठेक्का लिएको भारतीय निर्माण कम्पनी केएस सफटनेट सोलुसन्स प्रालिले जनाएको छ। तराइ केन्द्रित आन्दोलन र नेपाली जग्गाको मुआब्जा सम्बन्धि विवादका कारण नेपाल तर्फको आइसीपीको निर्माण कार्यमा बिलम्ब भएको तर्क उनको छ। तर अब यही गतिमा काम हुने हो भने आगामी अक्टुबर महिना सम्ममा नेपाल तर्फको काम पनि सम्पन्न हुन सक्ने के एस सफटनेट सोलुसन्स प्रालिका महाप्रबन्धक एस सी दासले बताए।

, ,

0 comments

Write Down Your Responses