चिन्ता छोड्नुस् हस्तमैथुनका कयौ यस्ता फाइदा पनि छन् ..पढ्नुस थाहपाई राखौ
पुरातनपन्थीहरु यसलाई स्वयममाथि छेडछाड गर्नु, कयौ शारीरिक, मानसिक रोगको कारण मान्दछन् । यद्यपि यसलाई विशेषज्ञहरुले १९औं शताब्दीमा नैतिकता र मेडिकल साइन्सले यसलाई ढोंगको संज्ञा दिएका छन् ।
हस्तमैथुनबाट उन्माद निम्ताउँछ त्यसमा कुनै शंका छैन । साइन्स र साँस्कृतिक दृष्टिमा पनि हस्तमैथुनका विषयमा परिवर्तन आएको छ । यद्यपि यो परिवर्तन आउन सयौ वर्ष लाग्यो । अध्ययनका अनुसार ३८ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष हस्तमैथुन गर्दछन्।
मे महिनालाई संसारभर इन्टरनेशनल मास्टर्बेशन मन्थका रुपमा मनाउने गरिन्छ । जसमा मानिसहरु अहिलेसम्म भर्जाना र लज्जाबोध गर्दथे त्यसलाई उत्सवका रुपमा मनाइन थालेको छ ।यसबाट पनि सावित हुँदैछ कि समाज कसरी पुरातनवादी सोचबाट बाहिर आउँदैछ । हस्तमैथुनका केही फाइदा यस्ता रहेछन्ः
डिप्रेशनबाट मुक्ति
अध्ययनका अनुसार अर्गेज्मबाट इन्डार्फिन्स बढ्दछ, यसले मानिसलाई डिप्रेशनबाट बचाउने गर्दछ ।
सर्भाइकल क्यान्सरबाट बचाउँछ
अध्ययनका अनुसार फिमेल हस्तमैथुनमा सर्भाइकल इन्फेक्शनबाट राहत प्राप्त हुन्छ । नियमित अर्गेज्मबाट गर्भाशयमा सकारात्मक प्रभाव पर्दछ ।
आत्मविश्वासमा योगदान
विशेषज्ञहरुका अनुसार जो हस्तमैथुनका विषयमा सकारात्मक हुन्छन्, उनीहरु आफ्नो शरीर र सेक्सुअलिटीका विषयमा पनि सहज हुने गर्दछन् ।
निद्रामा योगदान
अर्गेज्मबाट ब्लड प्रेसर लो हुन्छ र यसबाट इन्डार्फिन्सलाई राहत प्राप्त हुन्छ । यसपछि मानिसले शान्तिसँग निद्रा प्राप्त गर्दछ ।
मासिक धर्म र ऐठनबाट राहत
कयौ महिलाहरुका अनुसार पिरियड्सका क्रममा हस्तमैथुनबाट पीडा कम हुने गर्दछ ।
प्रोस्टेट क्यान्सरको जोखिम
कम
हालै अमेरिकन युरोलजिकल वार्षिक बैठकमा बताइएअनुसार जसले कम्तीमा महिलामा एकपटक हस्तमैथुन गर्दछ, उनीहरुमा प्रोस्टेट क्यान्सरको आशंका कम हुने गर्दछ ।
यौन रोगको जोखिम
कम
बेलायतमा करिब ५ लाख मानिस सेक्सुअली ट्रान्समिटेड डिजिजबाट पीडित छन् । यसबाट एचआइभीमा समेत वृद्धि हुन सक्दछ । यस्तो अवस्थामा हस्तमैथुन एउटा उत्तम उपाय बन्न सक्छ ।
अनावश्यक गर्भाधान
हस्तमैथुनले अनावश्यक गर्भाधानको झन्जटबाटसमेत मुक्ति दिलाउँछ

0 comments
Write Down Your Responses