परिवारले छानेको केटासँग विवाह गर्न नमानेपछि पाकिस्तानमा आमाद्वारा छोरीको हत्या

पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको शरीरमा मट्टितेल छर्किएर हत्या गरेकी छन् ।

 प्रहरीका अनुसार मृतक १८ वर्षीया जिनत रफिलकलाई उनकी आमा प्रवीन रफिकले रिसको आवेगमा आफ्नै घरमा खाटको खुट्टामा बाँधी मट्टितेल छर्केर आगो लगाएको स्वीकारेकी छन् ।

 जिनतले आफ्नो प्रेमी भएका कारण परिवारले छानेको केटासँग विवाह गर्न अस्वीकार गरेपछि पाकिस्तानको पूर्वी सहर लाहोरमा उक्त घटना भएको प्रहरी अधिकृत शेख अहम्मदले बताउनुभयो । 

पाकिस्तानमा परम्परागत मूल्य मान्यता विपरित प्रेम गर्ने अनि विवाह गर्ने गरेका परिघटनालाई लिएर प्रत्येक वर्ष एक हजार पाकिस्तानी महिलाले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।

 सन् २०१५ मा एक किशोरी शिक्षिकालाई उनीभन्दा दोब्बर उमेरका बधुसँग विहे गर्न दबाब दिँदा शिक्षिका म्यारिया विविले अस्वीकार गरेपछि निर्मम रुपमा कुटपिट गरी आगो लगाएर जलाएका थिए ।

 विविले यस घटनाको प्रहरीमा उजुरी दिन सफल भएपनि पछि आगोले जलेको निको हुन नसक्दा ज्यान गुमाउनु परेको थियो । यस घटनाले पाकिस्तानी अधिकारकर्मीको ध्यानाकर्षण गरेको थियो र उनीहरूले सरकारलाई विविध दबावमुलक कार्यक्रमको आयोजना गरी घटना नियन्त्रणका लागी पहल गर्न आग्रह गरेका थिए ।

 एक महिनाअघि पनि सोही इलाकामा एक १७ वर्षीया किशोरी अम्ब्रिन रियासतले आफ्नी साथीलाई गोप्यरुपमा एक केटासँग विहे गराई भगाएको आरोपमा आगो लगाई हत्या गरिएको प्रहरी अधिकृत हम्मदले बताउनुभयो ।

0 comments

Write Down Your Responses