धेरै राम्री भएकै कारण घरबाहिर निस्कन प्रतिबन्ध I

रुस निवासी २६ वर्षीया एन्जोलिका किनोभा एउटा प्रोफेसनल मोडल हुन् । एन्जेलिका हेर्दा कुनै गुडियाजस्तै छिन् । उनलाई उनका आमाबाबुले एउटा गुडियालाई जसरी हुर्काए पनि ।

 एन्जेलिकाको सुन्दरताको विशेष कुरा उनले सुन्दरता प्राप्त गर्न कुनै पनि प्रकारको सर्जरीको साहरा लिएकी छैनन् । 

बरु उनी प्राकृतिक तरिका र शारीरिक अभ्यासको सहयोगमा उनले आफ्नो सुन्दरता मेन्टेन गरेकी छन्। तर, यही सुन्दरता एन्जेलिकाका लागि समस्या पनि बनेको छ ।

 आफ्नी छोरी धेरै राम्री भएकै कारण उनका आमाबाबुले उनलाई घरबाहिर जान प्रतिबन्ध नै लगाएका छन् । तर,प एन्जेलिका भने एक दिन आफ्नो घरबाहिर निस्किएर आफ्नो तरिकाले बाँच्न चाहन्छिन् । उनी आफ्नो साँचो प्रेमको प्रतिक्षा पनि गरिरहेकी छन् ।

उनकै कुरा अनुसार उनका आमाबाबुले अहिलेसम्म उनलार्य शिशाको पहलमा राखेका छन् । तर, उनी त्यो तोडेर बाहिर निस्कन चाहन्छिन् ।

 एन्जेलिकाले भनिन्–मेरा आमाबाबुले मलाई एउटी राजकुमारीलाई जसरी हुर्काएका हुन् । उहाँहरुले न त मलाई कहिल्यै बिहिर जान दिनुभयो न त कुनै युवकसँग डेटिङ नै गर्न दिए ।

 मैले कुनै पनि युवकसँग सम्बन्ध पनि राखेकी छैन । यही कारण म वास्ताविक जीवनमा फिट हुन्न । बरु म एउटा जिवित गुडिया बनेकी छु ।

उनले भनिन्–मैले कहिल्यै प्लास्टिक सर्जरी गराइन, बाल्यकालमै बार्बीजस्तो कपडा लगाउँदै आएकी छु । जब म ६ वर्षकी भएँ मलाई मेरी आमाले बार्बी डल ल्याएर दिनुभयो ।

 एन्जेलिकाका अनुसार उनको डायट र एक्सरसाइजको रुटिन अभिभावकले नै तय गर्ने गरेका छन् । त्यसैका कारण उनी यति फिट छिन् । एजेन्सी

0 comments

Write Down Your Responses