श्रीमतीमा यी ४ गुण छन् भने, तपाइँ भाग्यशाली हुनुहुन्छ I

हिन्दू धर्ममा श्रीमतीलाई श्रीमानको अर्धांगिनी पनि भन्ने चलन छ, जसको अर्थ हो श्रीमती श्रीमानको शरीरको आधा अंग हुन् । महाभारतमा भीष्म पितामाहले भनेका छन् कि ‘पत्नीलाई सदैव प्रसन्न राख्नु पर्छ किनकी उसकै कारण वंशको वृद्धि हुन्छ ।

 यसको अलवा पनि धेरै ग्रन्थहरुमा श्रीमतीको गुण र अवगुणको बारेमा विस्तारपूर्वक बताईएको छ । गरुड पुराणमा पनि श्रीमतीका केहि गुणहरुको बारेमा बताईएको छ । यसको अनुसार जो व्यक्तिको श्रीमतीसँग यी ४ गुण हुन्छ, उसलाई स्वयम् देवराज इन्द्र यानकी भाग्यशाली भनेर बुझ्नु पर्छ । के छन् त गुणहरु- सा भार्या या गृहे दक्षा सा भार्या या प्रियंवदा ।

 सा भार्या या पतिप्राणा सा भार्या या पतिव्रता।। (108/18) अर्थात- जो पत्नी गृहकार्यमा दक्ष छिन्, जो प्रिय छिन्, जसको लागि श्रीमाननै प्राणसमान हुन् र जो पतिपरायण हुन्, वास्तवमा उनि मात्र सच्चा श्रीमती हुन् ।

 गृहकार्यमा दक्ष / घर सम्हाल्ने जिम्मेवारी 
गृहकार्य यानेकि घरको काम, खाने बनाउने, सरसफाई गर्ने, घरको सजावट गर्ने, कपडा तथा भाडा सफा गर्ने, बच्चाको जिम्मेवारी निभाउने, घरमा आएका पाहुनाहरुको मान-सम्मान गर्ने, कम खर्चमै घर चलाउन सक्ने आदि कार्यमा निपुण हुन्छिन्, भने उनैलाई गृहकार्यमा दक्ष मान्ने गरिन्छ । 

यस्ता गुण जसको पत्नीमा छ, उनि आफ्नो श्रीमानको प्रिय हुन्छिन । यस्ता गुणले घरमा कलह सृजना हुँदैन । प्रियवादिनी यानेकि मीठो बोली त्यस्ती श्रीमती जो घरमा सबैसँग मिठो बोल्छिन् । आदर र मायाँको भावमा संधै उनको ख्याल जान्छ । उनि सबैको प्रिय हुन्छिन् । 

 यस्तो स्वभाव भएकी आफ्नो श्रीमतीको कुरा सुन्नको लागि पति पनि तयार हुन्छ । आफ्नी श्रीमतीले आदर/प्रेम पुर्बक भनेको कुरामा पति निकै सम्बेदनशील बन्छन र उनको इच्छा पुरा गर्न कोशिश गर्छन । श्रीमानसँगै आफ्नो घरको अरु सदस्यलाई प्रेमपुर्बक बोल्ने श्रीमतीले कहिलै पनि घरमा कलह सृजना गर्दीनन् । यस्तो अवस्थामा कुनैपनि परिवारलाई उनले राम्रो वातावरण दिन सक्छिन | 

 पतिपरायणा यानेकी श्रीमानको हरेक कुरा मान्ने 
जसको श्रीमती आफ्नो श्रीमानलाई सर्वस्व मान्छिन् | उनि आफ्नो श्रीमानको हरेक कुराको इच्छा पुरा गर्न आतुर बन्छिन् । उनलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छिन् । पतिव्रता पत्नी सदैव आफ्नो श्रीमानको सेवामा लाग्छिन्, भुलेर पनि उनले आफ्नो पतिको चित्त दुखाउने कुरा गर्दिनन् । त्यस्ता श्रीमतीहरु अरु श्रीमतीहरु भन्दा बढी नै खुसि हुन्छन । 

आफ्नो श्रीमानलाई संधै प्रसन्न राख्ने प्रयास गर्ने श्रीमतीलाई श्रीमानको पनि त्यस्तै ब्यबहार हुने हुँदा उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्ने गर्छ । उनि आफ्नो श्रीमानलाई कुनै काम गर्न आग्रह गर्दा पनि निकै संयमित बन्ने गर्छिन् ।

 श्रीमानको हरेक अवस्था बुझ्न सक्ने उनिसँग क्षेमता हुन्छ । श्रीमानको जस्तोसुकै रिसमा पनि उनि संयमित बन्न सक्छिन् । धर्मको पालना एक श्रीमतीको लागि सबैभन्दा पहिले धर्मको ख्याल हुनु जरुरी छ । उनले आफ्नो श्रीमान र परिवारको हितमा सोच्नु जरुरी छ ।

 उनले यस्तो काम गर्दिनन् जुन कामको कारण परिवारमा कलह होस् वा कसैलाई चित्त दुखोस् । जो निरन्तर आफ्नो

 धर्मको
 पालना गर्छिन् उनि संधै आफ्नो श्रीमानको प्रिय बन्छिन् । उनि आफ्नो श्रीमानलाई दु:ख लाग्ने कुरा नगर्न संधै सतर्क हुने गर्छिन् । जसको यस्ता गुण भएकी श्रीमती हुन्छन्, त्यस्ता श्रीमानहरु भगवान इन्द्र समान सुखी र खुसि हुन्छन ।

0 comments

Write Down Your Responses