बङ्गलादेशमा दशौँहजार व्यक्ति सहभागी रमादानको प्रार्थनास्थलमा बम आक्रमण, थप विवरण आउन बाँकी
ढाका,बङ्गलादेशको राजधानी ढाकाबाट उत्तरतर्फ पर्ने एक जिल्लामा मुस्लिम अतिवादीहरुले बिहीबार रमादानको प्रार्थनाका लागि उपस्थित भएका ठूलो सङ्ख्याका व्यक्तिलाई लक्ष्यगरी बम हानेका छन् ।
उक्त बम हमलामा परी एकजना प्रहरीको ज्यान गएको छ भने थप विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् । उत्तरी जिल्ला किसोरगन्जमा बिहीबार बिहान सो हमला भएको बताइएको छ । बताइएअनुसार प्रार्थनाका लागि कम्तीमा पनि दुई लाख मानिस जम्मा भएका र सो स्थलमा बम हमाल भएको थियो ।
उक्त हमलामा एकजना प्रहरी मारिएको प्रारम्भिक सूचनामा जनाइएको छ । उक्त क्षेत्रमा ठूलो सङ्ख्याका मानिस रहेकोले आक्रमणकारीहरुले उनीहरुलाई नै लक्षित गरेको जनाइएको छ ।
उक्त जिल्लाका एकजना प्रहरी अधिकारी महाबुर रहमानले भने– सो ठूलो सङ्ख्याको भीडलाई लक्ष्यगरी केही व्यक्तिले बम हमला गरेका थिए ।
सो हमलाबाट एकजना प्रहरीको ज्यान गएको छ भने एक आक्रमणकारी पनि मारिएका छन् ।
अर्का एकजना आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत शनिबार मात्र पनि राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टमा आतङ्कवादीहरुले हमला गरी आतङ्ककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको हत्या गरेका थिए ।
राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा जिहादीहरुले हमला गरी त्यहाँ रहेका विदेशी नागरिकलाई बन्धक बनाएका थिए । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।
यस अघि ती विदेशीलाई छुटाउने क्रममा ढाका प्रहरी र सेनाको संयुक्त कारबाहीका क्रममा पाँचजना बन्दुकधारी पनि मारिएको जनाइएको थियो ।
प्रहरीका अनुसार सो रेष्टुरेन्टमा आतङ्कवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षा फौज त्यहाँ पुगेको थियो ।
मारिनेमा इटाली र जापानका नागरिक धेरै नागरिक परेका थिए । उक्त हमलापछि बङ्गलादेश सरकारले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी सुरक्षालाई चुस्त बनाएको छ ।
उक्त जिल्लाका प्रहरी उपप्रमुख तोफाजल हुसेनले सो आक्रमणपछि पनि हतियारधारीहरुले बम हमला गरेका जानकारी दिएका छन् । उनका अनुसार आतङ्ककारीहरुले सो आक्रमण पछि बन्दुक चलाएका थिए ।
केही घन्टायतादेखि प्रहरीसँग उनीहरुको भीडन्त जारी रहेको छ । रासस÷एएफपी

0 comments
Write Down Your Responses