दलाई लामालाई भेट गरेकाे गागालाई चीनमा रोक
असार २०७३ अमेरिकी पप सेन्सेसन लेडी गागाले अब चीन जान नपाउने भएकी छन् । दलाई लामासँग भेटघाट गरेको भन्दै ३० वर्षीया गायिकालाई चीन सरकारले आफ्नो देश आउन रोक लगाएको गार्जियन अनलाइनले उल्लेख गरेको छ ।
तिब्बती धर्मगुरु दलाई लामा अमेरिकाको इन्डियानापोलिसमा आइतबार प्रवचन कार्यक्रममा गागाले भेटेकी थिइन् । हङकङको एपल डेलीका अनुसार, त्यो भेटको प्रतिक्रिया स्वरूप चीनले गागासँग सम्बन्धित सम्पूर्ण कामकुरालाई अबदेखि बन्देज लगाएको हो ।


0 comments
Write Down Your Responses