अब माग्ने बुढा होइन, चन्द्र सर... कमेडी टेलिश्रृङ्खला खास खुस (भिडियो सहित)

           

 टेलिश्रृङ्खला ‘मेरी बास्सै’बाट माग्नेबुढाको परिचय बनाएका केदार घिमिरे आफ्नो भूमिकाबाट आफैं अघाएका छन् । फलस्वरुप उनलाई अब माग्ने बुढाका रुपमा टेलिभिजनमा हेर्न पाइने छैन । घिमिरे आफ्नो नयाँ सिरियल ‘खासखुस’मा नयाँ अवतारमा प्रस्तुत भएका छन् ।

 यसमा उनको गेटअप पुरै बदलिएको छ । ‘जसले जुन कार्यक्रममा बोलाउदा पनि माग्ने भनेर वाक्क भएपछि म आफैं भुमिका परिवर्तन गर्ने मनस्थितीमा थिँए,’ अनलाइनखबरसंग घिमिरेले भने, ‘दश वर्षपछि बल्ल भूमिकामा नयाँपन ल्याएको छु ।’ खासखुसको बिहिवारदेखि नेपाल टेलिभिजनबाट प्रशारण सुरु भइसकेको छ । नयाँ सिरियलमा ‘चन्द्रसर’ बनेका छन् केदार । खासखुस हेरेर धेरैले उनलाई प्रतिक्रिया दिए ।

 पहिलाको ठिक कि अहिलेको ठिक भनेर प्रश्न गर्दा बराबर प्रतिक्रिया आएको उनी बताउछन् । तक्मेबुढासँग सहकार्य तक्मेबुढा भनेर चर्चामा आएका विल्सन विक्रम राईसँग खासखुसमा सहकार्य सुरु गरेका छन् केदारले । आफूहरुको सहकार्य दिगो हुने उनको विश्वास छ । विभिन्न कार्यक्रममा यसअघि माग्ने र तक्मेको जोडी जम्थ्यो । 


‘टेलिभिजनमा पनि हामी जमेरै देखाउने योजनामा छौं,’ केदारले भने । पाँच वर्षदेखि विल्सनसंग संगत गरेका केदार उनको तत्कालै निर्णय गर्नसक्ने क्षमताबाट प्रभावित छन् । ‘विल्सनजी सहयोगी र दयालु पनि हुनुहुन्छ,’ उनले भने ।

 नयाँ कलाकार जन्माउँदै विल्सन र केदारका अतिरिक्त सुनिता गौतम (मैया), निरु खड्का, सन्देश लामिछाने, सुरज चापागाई (बान्द्रे) लगायतका कलाकारले अभिनय गरेका छन् खासखुसमा ।आगामी श्रृङ्खलामा नयाँ कलाकारलाई स्थान दिने उनको योजना छ । ‘धेरै सम्पर्कमा आएका छन्, अब नयाँ कलाकारलाई अभिनयमा स्थापित गर्ने छौं,’ केदारले भने । अनलाइन खबर बाट ।

0 comments

Write Down Your Responses