बच्चाको उचाई बढाउन बाबुआमाले के गर्ने ?

काठमाडाैं - जन्मेदेखि नै बाबुआमाहरुले आफ्नो बच्चाको वृद्धिलाई उत्साह र व्यग्रतापूर्ण रुपमा हेरिरहेका हुन्छन् । चाँडो ठूलो र अग्लो होस् भन्ने मनोविज्ञान हरेक बाबुआमाको हुन्छ । तर, बच्चाको वृद्धि सही रुपमा भइरहेको छ भनेर कसरी थाहा पाउने ? 

सामान्य वृद्धि भनेको के हो ? 

जन्मको पहिलो वर्षमा बच्चा समग्रमा २५ सेन्टिमिटर बढ्छ अर्थात् जन्मको समयभन्दा तेब्बर अग्लो हुन्छ । तर, एकवर्ष पूरा गरेपछि बच्चाको वृद्धि विस्तारै हुन्छ । त्यसपछि वयस्क हुँदासम्म बच्चाको वृद्धि साढे दुई इन्च (६ सेन्टिमिटर) बढ्छ । यद्यपि बच्चाको वृद्धि पूर्णतया रुपमा स्थिर गतिमा हुँदैंन । बच्चाहरु वर्षमा अरु बेलाभन्दा बसन्त ऋतुमा बलि चाँडो बढ्छन् । बच्चाको मुख्य वृद्धि त्यतिबेला हुन्छ, जतिबेला उनीहरु यौवन उमेरतिर लाग्छन् । बालिकाहरुको वृद्धि ८ देखि १३ वर्षको उमेरमा हुन्छ भने बालकहरुको वृद्धि १० देखि १५ वर्षको उमेरमा हुन्छ । यो चरण २ देखि ५ वर्षसम्म चल्छ । यस्तो बेलामा बालबालिकामा यौनांगहरुको विकास, यौनांग तथा काखीमा रौं उम्रने हुन्छ भने बालिकामा महिनावारी सुरु हुने हुन्छ । 

किशोरीहरु १५ वर्षको र किशोरहरु १७ वर्षको पुग्दासम्म शारीरिक रुपमा परिपक्व भइसक्छन् । बालबालिकाहरुलाई शिशु अवस्थादेखि नै डाक्टरकहाँ नियमित जाँचका लागि लैजानुपर्छ । यस्तो अवस्थामा उनीहरुले बच्चाको उचाई र तौलको रेकर्ड राख्छन् । जसबाट बच्चाको उचाई वृद्धि भइरहेको छ कि छैन भनेर थाहा पाउन सजिलो हुन्छ । 

बच्चाको उचाई बढाउन बाबुआमाले के गर्ने ? 

यथेष्ट रुपमा आराम गर्न लगाउने : बच्चाहरुले एकरातमा कम्तीमा पनि १० देखि १२ घण्टासम्म सुत्नुपर्छ । निद्रा पुग्नाले बढ्दो उमेरका बालबालिकालाई आराम पुग्छ, जुन वृद्धिका लागि आवश्यक छ । सही पोषण : भिटामिन तथा खनिज तत्वसहितको सन्तुलित भोजनले बालबालिकाको सही विकास हुन्छ । उचित शारीरिक अभ्यास : 

उचित मात्रामा विकासका लागि बाबुआमाहरु आफ्नो बच्चाको नियमित शारीरिक अभ्यास पुगेको छ कि छैन भन्ने बारेमा यकिन हुनुपर्छ । बालबालिकालाई साइकल चढने, हाइकिङमा निस्कने, स्केटिङ खेल्ने, अन्य खेलकुदमा भाग लिनेजस्ता शरीरका लागि अभ्यास हुने कुरामा प्रोत्साहित गर्नुपर्छ । सबै बच्चाको वृद्धि एकनासको हुँदैंन । वयस्कजस्तै कुनै बच्चा अग्लो र कुनै अलिक होचो हुन सक्छन् । बालिकामा पनि कुनैमा चाँडो महिनावारी सुरु हुने र चाँडै स्तनको विकास हुने हुन्छ भने कुनैमा ढिला सुरु हुन्छ । 

प्रायजसो रुपमा यी कुरा सबै सामान्य हुन् । बालबालिकालाई उचाईमा अन्य बालबालिकासंग तुलना गर्नुहुन्न । उनीहरुलाई आफ्नो उचाई र विकासमै ध्यान केन्द्रित गर्न लगाउनुपर्छ । बच्चामा आफ्नो दाँत किन झर्योदेखि लिएर तपाईंले जवाफ दिन गा¥हो लाग्ने स्तन किन ठूलो हुन्छ भन्ने सम्मका प्रश्न हुन सक्छन् । यसको जवाफ बाबुआमाले इमान्दारिताका साथ दिनुपर्छ र उनीहरुको शारीरिक विकासमा आएको परिवर्तनलाई बुझाइदिनुपर्छ । बच्चा आफ्नो शारीरिक संरचनाका कारण आफ्ना साथीभाईबाट लज्जित हुनुपरेको अवस्था छ भने उनीहरुको आत्मविश्वासलाई बढाउँन मद्दत गर्नुहोस् ।

,

0 comments

Write Down Your Responses