आफु भर्जिंन छु भन्दै होर्डिङबोर्डमा फोन नम्वर सहित विज्ञापन दिएर केटाकाे खाेजीमा

एजेन्सी, मानिस चर्चामा आउन जे पनि गर्न सक्छन् । यस्तै एक युवतीले चर्चामा आउन एउटा अनौठो उपाय निकालेकि छिन् । 


थाइल्यान्डकि ४५ वर्षीय एक अविवाहित अभिनेत्रीले विवाह गर्ने केटा खोज्ने नयाँ तरिका अपनाएकि छिन् । उनले आफ्नो कामुक तस्वीर ठुलो साइज बनाएर होर्डिङ बोर्ड बनाएर बैंकको एक ठाउँमा झुण्डाइदिइन् । जसमा उनले आफ्नो मोबाइल नम्बर समेत दिएकि छिन् । बैँककको स्थानिय मिडियाको अनुसार, ती अभिनेत्रीको नाम अरण्या पुइ पाथमथांन्स हो । उनले लगाएको होर्डिङ बोर्डको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

उनले होर्डिङ बोर्डमा आफु भर्जिन भएको र एउटा असल पुरुष साथीको आवश्यकता भएको लेखेकि छिन् । स्रोतका अनुसार उनी बी ग्रेड चलचित्रकी अभिनेत्री हुन् । उनी साँच्नै नै श्रीमानको खोजीमा जुटेकि छिन् । उनले डेटिङ एप्स र वेबसाइटमा पनि केटा नखोजेकि होइनन् तर सफल हुन सकिनन् । प्रहरीले उक्त होर्डिङ बोर्ड देखेर हटाउने आदेश दिइसकेको छ । 

उक्त बोर्ड राख्ने एड एजेन्सीलाई पाँच सय भाटको जरिवाना तोकिएको छ । डेली न्युजको रिर्पोट अनुसार ती अभिनेत्रीलाइ प्रहरीले सोधपुछको लागि बोलाइएको छ ।

,

0 comments

Write Down Your Responses