यी हुन ८ वर्षीया बालिका बलात्कारपछि हत्या गर्ने नरपशु
पाल्पा, ८ बैशाख । आफ्नै परिवारदेखि आफन्त, छरछिमेक बाट बालवालिका तथा महिलाहरु असुरक्षित हुनेक्रम पछिल्लो समय पाल्पामा बृद्धि भएको छ ।
३ बर्षको अवधिमा पाल्पामा महिला रबवालिका गरी ४० जना बलात्कारमा परेका छन । २१० जना महिला तथा बालबालिकाहरु घरेलु हिंसामा परेका छन ।
बालबालिकाहरुलाई सबै कुराको ज्ञान नहुने, मिठाई चकलेट, विस्कुट, पैसा जस्ता कुराबाट सजिलै फकिने भएकाले समाजमा बालबालिकाहरु विभिन्न घटनामा पर्दै आएका छन । पछिल्लो समयमा पाल्पामा द्यिधालयबाट घर फर्किने क्रममा ८ बर्षिया बालिकाको बलात्कार गरी हत्या भएको घटनाले तानसेनबासीलाई तर्साएको छ ।
पछिल्लो समय तानसेन नगरपालिका वडा नं. ११ बर्ष ८ की बर्षा दर्लामीको बलात्कार गरी हत्या भएको छ । उनको बैशाख ६ गते बेलुका बलात्कारपछि विभत्स रुपमा हत्या भएको थियो । तानसेन–११ लामीडाँडा कै १८ बर्षिय दिपक न्यौपाने विद्यालयबाट फर्किदै गर्दा अपहरणपछि बलात्कार गरी हत्या गरेको स्वीकार गरेका छन । प्रहरीले अभियुक्त न्यौपानेलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
अभियुक्त नै विगत समयदेखि नै नसालु पदार्थ सेवन गर्दै आएको र सोही दिनपनि गाँजा र रक्सी सेवन गरेको अवस्थामा बालिकालाई जवरजस्ती करणी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक रमेशराज भेटवालले बताए । अभियुक्त न्यौपानेको बाबाको मृत्यु भइसकेको र आमा ५ बर्ष पहिने नै पोइल गएकाले आवाराको रुपमा जीवनयापन गर्दै आएका थिए ।
अभियुक्त न्यौपानेलाई हत्या र बलात्कार प्रकरणमा सर्वश्वहरणसहित ३५ बर्षको जेल सजायका लागि अदालतमा मुद्दा पेश गर्ने प्रहरी निरिक्षक भेटवालले बताए । यसैगरी विद्यालयमा अध्ययन गर्ने बालबालिका शिक्षक शिक्षिकाहरुले अभियुक्त न्यौपानेलाई कडा कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा दवाव दिएका छन् । मृतक बालिका कक्षा ३ मा अध्यनरत थिइन । तानसेन प्रभास चौकी नजिकै खोलाको किनारमा नाङ्गै रगताम्भे भएको अवस्था प्रहरीले बालिकाको शव फेला पारेको थियो ।
कक्षा ३ मा पद्दै आएकी बर्षाको बलात्कारपछि हत्या भएको खवरले तानसेनमा अभिभावकहरुमा चिन्ता छाएको छ । आफ्ना बालबालिकाहरुलाई साँझ तथा बिहानको समयमा ट्युसन नपढाउन, विद्यालयदेखि सुरक्षा निकायले विशेष निगरानी तथा सावधानी अपनाउन विद्यालय तथा सुरक्षा निकायसंग अनुरोध गरेका छन । यसैगरी सुनचोरी घटनामा संलग्न २ जनालाई पनि सार्वजनिक गरेको छ ।
बुटवलमा रिक्सा चालकको काम गर्दै आएका चितवन वैरेनीका राजकुमार सुचिकार र वुटवल उपमहानगर ४ का लक्ष्मण विकलाई सुन चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बैशाख १ गते दोभानमा कानमा लगाईरहेको गहना चोरी फरार रहेका अभियुक्त मध्ये २ जना पकाउ परेपनि अन्य ३ जना फरार रहेका छन् ।


0 comments
Write Down Your Responses