भारतमा ११३ जनाले गरे यी नेपाली चेलीको यौन शोषण, यस्तो छ दर्दनाक कथा

८ चैत । जागिरको प्रलोभनमा भारत पुगेकी एक नेपाली बालिकाको सय भन्दा बढी पुरुषले यौन शोषणा गरेको दर्दनाक समाचार प्राप्त भएको छ । 

नेपालको झापाबाट भारतको पूणे भन्ने ठाउँमा व्युटिपार्लरको कामका लागि पुगेकी १६ वर्षीय सोनम (नाम परिवर्तन) माथि त्यहाँका सय जना भन्दा बढीले यौनशोषण गरेको बीबीसी हिन्दीले जनाएको छ । उनीमाथि झण्डै दुई वर्षदेखि शोषण हुँदै आएको थियो । प्राप्त समाचार अनुसार ११३ जनाविरुद्ध मुद्दा दर्ता गर्दै बुधबार प्रहरीले घटनाको पर्दाफास गरेको छ ।
 घटनामा संलग्न पाँच जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा भारतको पुणे भन्ने ठाउँका स्वीकृति खरेल, रमेश ठाकुला, तपेन्द्र शाही, हरिश साह र रोहित भण्डारी रहेका छन् । जागिरको प्रलोभनमा यसरी पुगिन भारत पीडित परिवारको आर्थिक अवस्था नाजुक थियो । उनका बुवा चिया पसल चलाउथे । उनका बुवाको पसलमा पक्राउ परेका रोहित भण्डारी अधिकांश समय आइरन्थे । विस्तारै विस्तारै रोहित सोनमका बुवाको साथी बनिसकेका थिए । परिवारको नाजुक आर्थिक अवस्था देखेर उनले एक दिन सोनमलाई पुणेको कुनै राम्रो व्युटिपार्लरमा जागिर लगाइदिने प्रस्ताव राखे । रोहितसँगको पुरानो सम्बन्ध र दोस्तीको विश्वासले परिवारले सोनमलाई उनीसँगै पुणे पठाउने निर्णय गरे । 
त्यसको केही दिनपछि सोनमलाई भारत लगेर रोहितले पुणेको एउटा व्युटि पार्लरमा जागिरमा लगाइदिए । सुरुका केही त राम्रै भए र सोनमलाई लाग्यो कि उनको जिन्दगी अब सुध्रिनेछ । तर, फेरि रोहितले स्वीकृत (पक्राउ परेकी महिला)सँग मिलेर सोनमलाई जबरजस्ती वेश्यावृतिमा लगाए । विरोध गर्दा सोनमलाई नशालु औषधि दिएर शारीरिक रुपमा सोच्नै नसकिने अत्याचार गरे । सोनमले दुई वर्षसम्म् शारीरिक शोषणाको सिकार हुनपर्यो । यो क्रममा उनीसँग सयभन्दा बढी पुरुषले शारीरिक सम्बन्ध राखे । पुलिसबाट बच्न अभियुक्तहरुले सोनमलाई फरक फरक ठाउँमा राख्दै आएका थिए । सोनमले पुलिसलाई भनेकी छिन् कि स्वीकृति र उनका अरु साथी उनलाई देह व्यापारका लागि अन्य सहरहरु हैदराबाद, भोपाल र अहमदाबाद सम्म पनि लगेर जान्थे । पछिल्लो महिना स्वीकृति र उनका साथीहरुले पीडित सोनमलाई पुणेको एक फ्ल्याटमा ल्याए । त्यहाँ उनीमाथि कुटपीट गरियो र गर्भपतन पनि गराइयो ।
 यसै फ्ल्याटमा दिल्लीमा बस्दै आएकी मोडललाई पनि राखिएको थियो । स्वीकृति र उनका साथीहरुको गिरोहले मोडल बन्न आएकी २६ वर्षीय युवतीलाई पनि जबरजस्ती देश व्यापारमा लगाएका थिए । फेरि एक दिन मौका पाएर दुबै जना त्यहाँबाट भागेर दिल्ली पुगे । मोडलसँग दिल्ली पुगेर सोनमसहित दुबैले पुलिसमा आफ्नो पीडा सुनाएर उजुरी दिए । अब पुणे पुलिसले अन्य अभियुक्तहरुको खोजी गरिरहेको छ ।दैनिकनेपालमा समाचार छ

,

0 comments

Write Down Your Responses