प्रहरीले कडाई गरेपछि घर नै भाडामा लिएर यौनधन्दा

काठमाडौं - पाँच ६ वर्ष अघि सम्म ठमेल र नयाँबसर्पाक क्षेत्र वेश्यावृत्तिका कारण बदनाम थिए । ठमेलमा मसाज पार्लर र गेष्टहाउसमा खुलमखल्ला वेश्यावृत्ति हुन्थ्यो। तर प्रहरीले कडाइ गरेपछि त्यहाँ सो काम घट्यो । 


वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाज सेन्टर बन्द भइसकेका छन् । त्यस्तै नयाँ बसपार्क क्षेत्रमा पनि होटलकै मिलेमतोमा वेश्यावृत्ति निकै कम भएको छ। ठमेल र बसपार्क क्षेत्रमा वेश्यावृत्ति कम भएपनि काठमाडौंमा संगठित रुपमा सो काम भइरहेको छ । पछिल्लो समय घर तथा फ्लाट भाडामा लिएर गोप्य रुपमा त्यस्तो धन्दा हुन थालेको छ । कतिपय त्यस्ता अखडामा जुवासमेत संचालन हुन्छ। नयाँ पत्रिका दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses