फ्रान्समा वेश्यावृत्तिमाथि प्रतिबन्धः पैसा तिरेर होइन, लिएर मात्रै सेक्स गर्न पाइने
पेरिस एजेन्सी - फ्रान्समा वेश्यावृत्तिमा रोक लगाउनका लागि संसदले एउटा नयाँ कानुन पास गरेको छ । यो कानुन अन्तर्गत यो देशमा अब पैसा दिएर सेक्स गर्न नपाइने भनेको छ । तर पैसा लिएर भने सेक्स गर्न पुरै छूट हुने छ ।
साथै सेक्स गर्न पैसा तिरेको खण्डमा ५ लाख नेपाली रुपैयाँ बराबरसम्मको जरिवाना तिनुपर्ने नियम बनाइएको छ।
पहिलो पटक पक्रिएपछि १५ सय युरो तिनुपर्ने र दोश्रोपटक पक्रिएमा यो सजाय रकम बढाईने नयाँ कानुनमा उल्लेख छ ।
यो कानुनको उद्देश्य विदेशी दलालहरुको नेटवर्क तोडेन र यो पेशाबाट बाहिर आउन चाहने यौनकर्मीहरुलाई सहयोग गर्नु रहेको सरकारले जनाएको छ । फ्रान्समा यो कानुन लागु गर्न दुईवर्ष लाग्यो । यसमा दुबै संसद नेशनल एसेम्बली र सिनेटबीच निकै मतभेद रहेको छ । विधेयकको अन्तिम बहसका दिन यौनकर्मीहरुको समूहले पेरिसको संसद अगाडि प्रदर्शन समेत गरे ।
कतिपयले यौनकर्मीहरुलाई नकारात्मक असर पर्ने बताउँदै बिरोध गरेपनि यौनपेशामा संलग्न महिलाहरुको भविष्यलाई ध्यानमा राखेर नै कानुन बनाएको सरकारले जनाएको छ । यौनकर्मीहरुलाई पहिचान पत्र दिएर वैकल्पिक पेशाका लागि प्रेरित गर्ने र बाहिरी देशका महिलाले फ्रान्समा नै जागिर गर्न खोजे अस्थायी वर्क परमिट दिने समेत कानुनमा उल्लेख छ । गृह मन्त्रालयका अनुसार, फ्रान्समा ८० देखि ९० प्रतिशत यौनकर्मी महिला विदेशी रहेका छन् ।


0 comments
Write Down Your Responses