इराकको बग्ग्दादमा भएको आत्मघाती आक्रमण सातको मृत्यु नेपाली पनि पर्न सक्ने शंका

बग्दाद चैत २६ - इराकको बग्दादमा बिहीबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा सातजना व्यक्तिको मृत्यु भएको समाचार छ । सो आक्रमणमा परी अन्य १५ जना घाइते भएका एक प्रहरी अधिकारीले बताएका छन् । बग्दादको बाब अल सर्जी क्षेत्रमा आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ । 

यस आक्रमणमा सो क्षेत्रमा भइरहेको निर्माणसम्बन्धी कार्यका मजदुर परेको अनुमान प्रहरीले गरेको छ । एक प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई दिएको जानकारी अनुसार सो क्षेत्रमा सवारी साधनको पर्खाइमा रहेका मजदुर परेको अनुमान गरिएको छ । यस आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने समेत बताइएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर हालैका दिनहरुमा यस्ता आक्रमणहरुमा इस्लामिक स्टेट्स (आइएस) को हात रहदै आएको हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ । रासस

0 comments

Write Down Your Responses