दुई श्रीमती छाडेका करणसँग विहे गर्दै विपाशा, प्रियंकाले दिइन बधाई

मुम्बई, अन्तत - बलिउड अभिनेत्री विपाशा बसु दुई श्रीमती छाडेका करण सिंह ग्रोवरसँग विहे गर्न तयारी भएकी छिन् । विहे अप्रिल ३० मा हुँदैछ । 

‘हेट स्टोरी ३’ का अभिनेता करणले यसअघि दुई विहे गरिसकेका छन् । तर, दुबैसँग डिभोर्स गरेर अहिले सिंगल छन् । विहेबारे विपाशा र करणले भने अहिलेसम्म मुख खोलेका छैनन् तर, यी दुबैको विहबारे बलिउडका कलाकारले प्रतिक्रिया दिन थालेका छन् । पहिलोपटक उनीहरुको विहबारे प्रतिक्रिया दिँदै विपाशाकी साथी अभिनेत्री प्रियंका चोपडाले दुबैलाई दाम्पत्य जीवनको बधाई दिएकी छिन् । 

प्रियंकाले ट्वीटबाट विहेको शुभकामना दिँदै लेखेकी छिन्- ‘म मेरी साथी विपाशा र सुन्दर दुलाहा करणको विहेको खबरले खुसी छु । दुबैलाई विहेको शुभकामना ।’ भारतीय सञ्चारमाध्यमका अनुसार विहेको तयारी सुरु भएको छ । विहेको निम्तो पाएपछि प्रियंकाले ट्वीटबाट दुबैलाई बधाई दिएकी हुन् । समाचारअनुसार बिपाशाको घरमा बंगाली रीति रिवाजअनुसार विहे हुनेछ । बिपाशाको यो पहिलो विहे हो भने करणको तेस्रो । प्रेमी बनाएर रोमान्स गरेपनि विपाशाले अहिलेसम्म विहे गरेकी छैनन् ।

0 comments

Write Down Your Responses