कालो भूतले तर्साउन थालेपछि मलेसियामा स्कुल नै बन्द !!!
भुतप्रेत जस्ता अन्धविश्वास नमान्ने अहिलेको जमानामा सायद यो कुरा कुनै अफवाह जस्तो लाग्नसक्छ, सुन्नेलाई । तर भोग्नेका पीडा भने कम छैनन् ।
मलेसियामा भुतकै कारण एउटा स्कुल बन्द गर्नुपरेको छ । स्कुलका शिक्षक तथा विद्यार्थी सबैले स्कुलमा कालो आकृतिको भुत देखापर्ने गरेको र रोइकराइ गरेको आवाज समेत दिउसै सुनिने गरेको भन्दै डराउन थालेपछि स्कुल बन्द गरिएको छ ।
उत्तरी मलेसियाको एसकेएम पेंगकालन चेपा टू स्कुल यस्तो भूतको मारमा परेको हो । त्यहाँका शिक्षक तथा विद्यार्थीहरुले एक हप्ता पहिले देखि नै स्कुलमा दिउसै अनौठो आकृति देखा पर्ने गरेको गुनासो गर्न थालेका थिए ।
स्कुलमा पढ्ने ५० भन्दा बढि विद्यार्थी तथा ११ जना शिक्षकहरुले एउटै खाले आकृति देखेको र त्यसले आक्रमण समेत गरेको बताउने गरेका छन् ।
शिक्षिकाहरुले भुत आफ्नो सरीरभित्र प्रवेश गर्न लागेको तथा भुतको आकृतिले आफ्नो सरीर लपेटेको महसुस हुने गरेको बताए । विद्यार्थीहरु पनि एक्कासी चिच्याउने तथा अल्लाहसँग गुहार माग्ने गरेका छन् ।
स्कुलको त्यस्तो त्रासदीपूर्ण अवस्था देखेपछि अभिभावकहरु पनि निकै त्रसित र चिन्तित बन्दै स्कुल बन्द नै गर्न व्यवस्थापनलाई दबाब दिएका थिए । त्यसपछि तत्कालका लागि स्कुल बन्द गरिएको छ ।
स्थानीय मिडियाहरुले भने शिक्षक तथा विद्यार्थीले भुत देखेको नभै त्यो मास हिस्टेरिया रोग भएकेा दाबी गरेका छन् ।



0 comments
Write Down Your Responses