धर्मगुरु लामासँग फोटो खिचेको भन्दै चिनले सेलेनाको भिषा दिएन !
१३ बैशाख | सेलेना गोमेज लाई थुप्रै चिनियाँहरुले मन पराउँछन्,तर त्यसका बाबजुद सेलेनाको चीन भ्रमण रद्ध भएको छ । उनले यसअघि चीनमा दुईवटा कन्र्सट गर्ने तय थियो,तर शरणार्थी जीवन बिताइरहेका तिब्बती नेता दलाई लामासँग फोटो खिचेपछि उनलाई चिनियाँ सरकारले भिसा नदिने बताएको छ ।
दुई वर्षअघि नै उनले यो फोटो खिचेकी थिइन् । तर गोमेजको टिम र चिनि दुबैले यस विषयमा आधिकारीक धारणा ल्याएका छैनन् ।त्यस्तै सारोन स्टोन, केटी पेरी र लेडी गागा समेत चीनको कालोसूचिमा छन् । चीनले दलाई लामासँग जोडिएका कुनै पनि व्यक्तीलाई भिसा दिने गरेको छैन् ।
धर्मगुरु दलाई लामा क्यानेडाको भ्यानकोभर भ्रमणमा रहेका बेला उनले फोटो खिचेकी थिइन् र त्यसलाई वर्डस् अफ विज्डम स्पिचलेश भनेर समाजिक सञ्जालमा अपलोड समेत गरेकी थिइन् ।अहिले यसैकारण उनले चीनको भिसा नपाउने भएकी छिन् । यसअघि नै ब्राड पिट र उनकी श्रीमती एन्जेलिना जोलीले पनि भिसा पाएका थिइनन् ।


0 comments
Write Down Your Responses