पुरुषहरुले जीवन भर गोप्य राख्नेपर्ने ४ कुराहरु !

प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन् चाणक्य । उनको जीवन दर्शन पुर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल रणनीतिकार समेत थिए । उनकै कुटिल चालका कारण नै सम्राट सिकन्दरले भारत छोड्न बाध्य भएका थिए ।

 चन्द्र गुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । तीनै महान व्यक्तिले भनेका गोप्य राख्नुपर्ने केही महत्वपूर्ण भनाईहरु यहाँ प्रस्तुत छ । गोप्य राख्नुपर्ने पहिलो कुराः चाणक्य नीतिका अनुसार पुरुषहरुले

 गोप्य राख्नुपर्ने पहिलो कुरा 
धनको लाभ र हानीको बारेमा कसैलाई पनि नभन्न उनले सुझाएका छन् । उनका अनुसार धन सम्बन्धि मामलामा कसैसँगपनि कुरा नखोल्न उसले बताएका छन् । समाजमा गरिव व्यक्तिलाई सजिलै धन प्राप्त नहुने भएका कारण सदा धन सम्बन्धि कुरा गोप्य राख्नुपर्ने उनले बताएका छन् । 

गोप्य राख्नुपर्ने दोस्रो कुराः 
दोस्रो कुरा आफ्नो दुःख अरुको अगाडि नभन्न भनेका छन् । आफूमा भएको सन्ताप र दुःखहरु अरुको अगाडि नभन्नुनै बुद्धिमानी हुने उनको राय छ । आफ्नो दुःख अरुलाई भन्दा दुनियाँले मजाकको मात्र बनाउने उनले भनको छन् । 

गोप्य राख्नुपर्ने तेस्रो कुराः 
उनले गोप्य राख्नुपर्ने तेस्रो कुरामा गृहणीको चरित्र बताएका छन् । आफ्नो श्रीमतिसँग जोडिएको हरेक कुरा गोप्य राख्नुपर्ने उनले सुझाव दिएका छन् । आफ्नो घर परिवारको आन्तरिक कुराहरु दुनियाँले थाहा पाउँदा भविष्यमा भयानक दुर्घटना हुन सक्ने उनको ठहर रहेको छ ।

 गोप्य राख्नुपर्ने चौथो कुराः
 जीवनमा कुनै नीच व्यक्तिलाई आफूर्लाई अपमान गरेको छ भने पनि त्यस्तो कुरा जीन्दगीभर कसैलाई नभनी गोप्य राख्नुपर्ने सुझाव चाणक्यले दिएका छन् । यस्तो कुरा अरुले थाहा पाए दुनियाँले मजाक उडाउने उनको तर्क रहेको छ ।

0 comments

Write Down Your Responses