चितवनकी अस्मी श्रेष्ठ बनिन् मिस नेपाल, हिरोइन सोध्छिन्- मिस नेपाल कि मिस नेवार? फोटो फिचर
चितवन घर भएकी २२ वर्षीया अस्मी श्रेष्ठ मिस नेपाल २०१६ बनेकी छिन्। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
श्रेष्ठ मिस नेपाल घोषित भएपछि सामाजिक सञ्जालमा मिस नेपालमा एउटै जातिको मात्र वर्चस्वमाथि प्रश्न उठ्यो। पशुपतिप्रसाद फिल्मकी हिरोइन वर्षा शिवाकोटीले लेखिन्- मिस नेपाल कि मिस नेवार?
अघिल्लो मिस नेपाल इभाना मानन्धर थिइन्। त्यसभन्दा अघि सन् २०१४ मा सुविन लिम्बु मिस नेपाल थिइन्। त्यसअघि २०१३ मा इसानी श्रेष्ठ, २०१२ मा सृष्टि श्रेष्ठ, २०११ मा मलिना जोशी, २०१० मा सदिच्छा श्रेष्ठ नेवार समुदायकै थिइन्। २००९ मा जेनिशा मोक्तान मिस नेपाल थिइन्।
२००७ मा शिताष्मा चन्द, २००५ मा सुगरिका केसी मिस नेपाल थिइन् भने २००४ मा पायल शाक्य। २००३ मा प्रीति सिटौला, २००२ मा माल्भिका सुब्बा, २००० मा उषा खड्गी, १९९९ मा श्वेता सिंह मिस नेपाल थिइन्।
१९९८ मा ज्योति प्रधान मिस नेपाल भए पनि पछि उनको ताज खोसी निरु श्रेष्ठलाई दिइयो। उनी पहिलो नेवार जातिकी मिस नेपाल थिइन्।
त्यसअघि १९९७ मा नीलिमा गुरुङ, १९९६ मा पुनम घिमिरे, १९९५ मा सुमी खड्का मिस नेपाल भइन्।
पहिलो मिस नेपाल रुबी राणा थिइन्।
यस पटक ललितपुरकी रोशनी खत्री फर्स्ट रनर्सअप र सप्तरीकी वर्षा लेखी सेकेन्ड रनर्सअप भइन्। रोशनीले मिस अर्थ र वर्षाले मिस इन्टरन्यासनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
हेर्नुस् आयोजक मिस नेपालबाट साभार गरिएका केही फोटोहरु-





















0 comments
Write Down Your Responses