फिदिममा जेठाजु बुहारीलाई पक्रउ, अबैध यौन सम्पर्कबाट गर्बधारणगरी जन्मेको शिशु मारेर जंगलमा फाले
अबैध यौन सम्पर्कबाट गर्भ रहेर जन्मेको शिशु हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लाको यासोक गाविसका एकजोडीलाई पक्राऊ गरेको छ ।
पक्राउ पर्नेमा यासोक ५ का ४२ बर्षीय मुख बहादुर लावती र बर्ष ३० बर्षीय राजकुमारी लावती छन् ।
उनीहरुको अबैध यौन सम्पर्कवाट रहेको गर्भको बालक चैत २४ गते सौचालयमा जन्माएर याशोक ५ कै शेर जम्बा सामुदायिक बनमा फालेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार नीजहरु जेठाजु –बुहारी नाताका हुन । चैत २६ गते साँझ साढे ६ वजे जंगलमा बच्चाको लाश रहेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय याशोकबाट खटेको प्रहरीले शिशुको शव नियन्त्रणमा लिइ घट्नावारे अनुसन्धान शुरु गरेको थियो ।
शिशुको शव पाँचथर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाईएको बुझाउनुका साथै अभियुक्तहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
उनीहरुलाई कर्तब्य ज्यान अन्तर्गत महल अनुसार मुद्वा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses