‘नेपाली केटासँगै घरजम गर्न चाहन्थें, तर कसैले पनि मलाई विवाहको लागि प्रस्ताव नै गर्नुभएन :नायिका बिपना थापा

काठमाडौं - चर्चित नेपाली नायिका विपना थापाले नेपाली केटाले नपत्याएपछि आफूले विदेशीसँग विवाह गरेको खुलासा गरेकी छन् । 

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नायिका थापाले आफूले नेपाली केटासँगै विवाह गर्न चाहे पनि त्यसो हुन नसकेको बताएकी हुन् । भारतीय उद्योगपति एवम् कांग्रेस आईका नेता डा. आशुतोष भारद्वाजसँग प्रेम विवाह गरेकी नायिका थापाले विवाहका लागि नेपाली केटाले नपत्याएपछि के गर्ने त ? भनी प्रश्न गरेकी छन् । उनले विवाहका लागि नेपाली कुटाहरुले प्रस्ताव नै नगरेको बताइन् । 

‘नेपाली केटासँगै घरजम गर्न चाहन्थें, तर कसैले पनि मलाई विवाहको लागि प्रस्ताव नै गर्नुभएन’, उनको भनाइ थियो । नायिका थापाले बलिउडबाट चलचित्रका लागि आफूलाई उपयुक्त प्रस्ताव नआएको बताइन् । उनले अब छिट्टै नेपाली चलचित्रमा देखिन मन लागेको बताइन् । आफ्नो मातृभूमिको असाध्यै माया लाग्ने बताउने नायिका थापाले आफ्ना पति भारद्वाजले पनि नेपाललाई उतिकै माया गर्ने दाबी गरिन । 

उनले पतिसहित पटकपटक नेपाल आउने गरेको स्मरण गर्दै आशुतोषसँग प्रेम विवाह गरेर कुनै गल्ती भने नगरेको बताइन् ।

0 comments

Write Down Your Responses