ट्राफिक प्रहरीको दिउसै सडकमा यातायात मजदुरमाथि यस्तो दादागिरी, यहि होत ?? चोकमा बसेर गर्ने व्यवहार
काठमाडौं - ट्राफिक प्रहरीले सवारी ऐन २०४९ को दफा १६४ संशोधन गरेर वृद्धि गरेको भनिएको जरिवाना न्यायोचित नभएको भन्दै यातायात व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
सरकारले सडकमा ट्राफिक नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको भनेपछि ‘ट्राफिकले कर उठाउने होइन ट्राफिक व्यवस्थापनमा जोड दिने हो’ भन्ने आवाज उठ्न थालेको छ । नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै ट्राफिकले जरिवानाको मात्रालाई बढाएको हो । तर ट्राफिकको यो कदमलाई यातायात मजदुर तथा व्यवसायीका संगठनहरुले गैर कानुनी भनेका छन् ।
‘सवारी ऐन २०४९ संशोधन गरिएको छ भनिएको छ तर संशोधन भएको हो भने राजपत्र प्रकाशन भएको छैन ।’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईले भने, ‘शुल्क आफै तोक्ने र लागु गर्ने अधिकार ट्राफिकलाई हुँदैन ट्राफिकको काम कानुन कार्यान्वयन गर्ने हो, जरीवानाको रकम बढाएर दुर्घटना न्यूनीकरण हुँदैन, चेतना स्तरमा वृद्धि र भौतिक पूर्वाधारको विकासमा ध्यान दिनु पर्छ ।’ जरिवाना बापतको रकम मध्येबाट ट्राफिकले पाउने १५ प्रतिशत कमिशनको लोभमा ट्राफिकले यातायात मजदुर र व्यवसायीलाई दुहुनो गाई ठान्नेको ज्वालाको भनाइ छ ।’
‘सवारी ऐन २०४९ संशोधन गरिएको विषय माथि अनविज्ञ रहेको भन्दै अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष रामचन्द्र कार्कीले ट्राफिकको यो कदमको भत्र्सना गरेका छन् । ‘ ट्राफिकको यो कदमबाट मजदुरहरु माथि एकाङ्गी ढङ्गले दबाउने प्रयास भएको छ ।’
कार्कीले भने, ‘यो कदम कुनै पनि हालतमा मान्य हुँदैन, ट्राफिकको काम सवारी व्यवस्थापन गर्ने हो ।’ उनले सबै यातायात व्यवसायी र मजदुरहरु बीचमा गएर यो विषयलाई छलफल गर्ने बताए । उनले ट्राफिकले जरिवाना गर्ने नियम न्यायोचित नभएको बताए ।
ट्राफिकले जरिवाना लगाएर मात्रै ट्राफिक व्यवस्थापन नहुने भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले ट्राफिकले लोकप्रियताका लागि यो कदम उठाएको बताएका छन् । ‘कारबाही गर्नुहुँदैन भन्ने हाम्रो मान्यता होइन, तर ट्राफिकले हचुवाको भरमा गरेको निर्णय मान्य हुँदैन ।’ सिटौलाले भने, ‘सरोकारवालाहरुसँग नबसी, बहस छलफल नगरी एकलौटी रुपमा शुल्क तोक्ने अधिकार ट्राफिकलाई छैन ।’
मुलुकका २० लाख सवारी साधनका हकमा लागु गर्न खोजिएको यो नियम व्यवहारिक र न्यायसंगत नरहेको उनको भनाइ छ ।
ट्राफिक प्रहरीले ‘ट्राफिक भायोलेन्स’ रोक्ने हो, टयाक्स उठाउने होइन’ यातायात मजदुर संघकाका अध्यक्ष अजयकुमार राईले भने, ‘हाम्रो आजै बसेको केन्द्रीय समितिको बैठकमा यस विषयमा सशक्त आन्दोलन गर्ने कुरा उठेको छ, अहिले मइ दिवसको अवसरका बेला त्यसको तयारीमा छौँ । सकिने बित्तिकै यस विषयमा केन्द्रित हुन्छौँ ।’ अध्यक्ष राईले ट्राफिकको यो हर्कतको सशक्त विरोधमा लाग्ने बताए ।

3 comments
Write Down Your Responses
April 30, 2016 at 6:59 PM
Traffic Praharile traffic management nai garne ho tara hami janatale pani traffic rules ko purna palana garnai parcha, yadi ullanghan bho bhane jariwana sulka pani daroo tirnai parne rules mantri mandalko baithak le parit garnai parcha...kadaika saath...tara pahila purna rupma jana manasma suchana prabaha hunu parcha ra suchana boardharu rakhnai pani parcha...
May 2, 2016 at 9:20 AM
Totally wrong ! It seems the journalist is biased towards the Micro wallas !!! It seems the journalist is given a bribe to post such article in favour of the thugs. The traffic police is doing the right thing ! But the fine must be strictly imposed upon everybody ! On top of that, the traffic police should raise the fine exponentially in case of those public buses and Micros since they are the no. 1 culprits behind all kinds of traffic violations and such bullshits ! If the law has not been formed, it should be prioritized beforehand. Period.
May 5, 2016 at 4:53 PM
traffic policele ajhha sasakta rupma niyam karyanwoyenka lagi adhikar paunu parxa.nepali janatale bujhhera pani bhujh pachaunxn.ajjha ta motorcycle chalak jo len palana nagari chalaunxan tiniharu mathi aba traffic policele dantha bajaunu parne samaye aayeko xa.