सुतैकै रहेको ठाउँमा एसिड हानेर महिलाको हत्या

भारतको उत्तरप्रदेश राज्यस्थित एक गाउँमा घरैमा सुतिहरेकी एक महिलामाथि एसिड खन्याइएको छ। एसिड खन्याएपछि उपचार गर्न लैजाँदै गर्दा २३ वर्षीया ती महिलाको बाटैमा मृत्यु भएको छ। 

एसिड कसले र किन हानेको भन्ने जानकारी दिनै नपाई ती युवतीको ज्यान गएको हो। यूपी प्रहरीका अनुसार ती युवतीमाथि बलात्कार भएको आशंका पनि गरिएको छ । उत्तरप्रदेशस्थित सदर कोतवाली क्षेत्रमा मोहल्ला चौधरी सरायस्थित काशीराम कोलोनीमा यो घटना सोमबार भएको हो। काशीराम कोलोनीको ब्लक नम्बर तीनको कोठा नम्बर २५ मा बस्दै आएका जितेन्द्र दोहरेकी पत्नीमाथि एसिड हानिएको हो । कानपुरमा एक बेकरीमा काम गर्दै आएका जितेन्द्रकी २३ वर्षीया पत्नी प्रीति ११ महिनाकी छोरीसहित घरैमा बस्दै आएकी थिइन् । 

सोमबार उनकी सासु आफ्नी छोरीलाई हेर्न फर्रुखाबाद जिल्लाको कसबा कमालगञ्ज गएका बेला यो घनटना भएको हो । आफ्नी महिनाको शिशुसहित सुतिरहेकी उनको घरको सबै ढोका पनि बन्द अवस्थामा थिए । तर राति १० बजेको समयमा घर पछाडिको झ्यालबाट अज्ञात व्यक्ति आएर शरीरभरि एसिड खन्याए भागे। घटनापछि प्रहरीले अनुसन्धानलाई तीब्र पारेको जनाएको छ। अहिलेसम्म एसिड हानी महिलाको ज्यान लिनेलाई प्रहरीले पक्रिसकेको छैन।

,

0 comments

Write Down Your Responses