चरी’की प्रेमिका खुस्बुको सपना यसरी हुँदैछ चकनाचुर
६ वैशाख । समाजकल्याण परिषद् एक महिनादेखि पदाधिकारीविहीन छ । सदस्यसचिव रवीन्द्रकुमार यादवसहित पदाधिकारीहरूको म्याद गत फागुन २८ गते सकिएको हो ।
परिषद पदाधिकारीविहीन हुँदा कमकारबाहीमा असर परेको छ ।
प्रधानमन्त्री केपी ओलीले विवादास्पद एक सुन्दरीलाई परिषदको उपाध्यक्ष बनाउन दबाब दिएकाले नियुक्ति नै रोकिएको छ ।
तरुण साप्ताहिकले समाचार छापेको छ ।
प्रहरीसँगको भिडन्तमा मारिएका गुन्डानाइने दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुस्बु ओलीलाई उपाध्यक्ष बनाउन प्रधानमन्त्रीले महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीलाई दबाब दिँदै आएका छन् । तर, मैनालीले प्रस्ताव नै लान सकेका छैनन् ।
उपप्रधानमन्त्री मैनालीले उपाध्यक्षमा माले कार्यकर्ता नीलमणि बराल, सदस्य सचिवमा शिक्षा मन्त्रालयका पूर्व उपसचिव नकुल बानियाँको नाम परिषदमा नियुक्तिका लागि चैत पहिलो साता मन्त्रिपरिषद बैठकमा लगेका थिए । तर, प्रधानमन्त्री ओलीले खुस्बुको नाम उपाध्यक्षमा राख्न दबाब दिएपछि मैनालीले प्रस्ताव नै फिर्ता लिएका थिए ।
खुस्बुलाई उपाध्यक्ष बनाउने कुरामा मैनाली सकारात्मक नभएपछि प्रधानमन्त्री र उनीबीच सम्बन्धमा पनि चिसोपन आएको बताइन्छ । ओली मैनाली दुवै झापा आन्दोलनका सहयात्री हुन् । यदि पार्टी नछाडेको भए सीपी अहिले एमालेको निर्विकल्प प्रधानमन्त्री हुने थिए ।
0 comments
Write Down Your Responses