प्रियंकाको पारो चढ्यो सामाजिक सञ्जालमा अपशब्द लेखेपछि(फोटोसहित)
६ बैशाख । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । चलचित्र ‘हाउ फन्नी’ को प्रोमोशनमा व्यस्त रहेकी प्रियंकाले सामाजिक सञ्चालमा पोस्ट गरेको आफ्नो तस्बिरहरुप्रति अरुले गरेका नकरात्मक टिप्पणीको खुलेर विरोध गरेकी छिन् ।
उनले कलाकारहरु दर्शकलाई मनोरञ्जन चाडपर्व नभनी दिन दिनरात मेहनत गर्ने र यस्तो नरकरात्मक टिप्पणी सुन्न पर्दा चित्त दुखेको बताएकी छिन् ।
उनले भनेकी छिन–् ‘हामी कलाकर दिन रात मेहेनत गर्छौ।
घरि फिल्म शुटिङ, घरि कार्यक्रम। दशैं, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाइ मनोरंजन दिन घरि कतार, घरि मलेसिया त घरि अस्ट्रेलिया पुग्छांै। के को लागि ? यही आलोचना खप्नको लागि ? कति चित्त दुख्छ होला सोच्नुस् ।
’
उनले फेसबुक मार्फत टिप्पणी लेख्दै टिप्पणीकर्ताहरुलाई आफूले शेयर गरेको तस्बिरबाट उनीहरुको व्यक्तिगत जीवनमा के ठेस पु¥याएँ भनेर प्रश्न गरेकी छिन् । उनले फेसबुक स्टाटस मार्फत भनेकी छिन्–‘ जब जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्यूजिक भिडियो शेयर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाई ? के मैले कुनै प्रकारको चोट पु¥याएँ ?
तपाइलाई व्यक्तिगत रूपमा ठेस पु¥याएँ ? रन्डी, भालु, ’बेश्या यस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो ? एकदम महान काम गरे झँै लाग्छ हो ?
प्रियंकाले टिप्पणीकर्ताहरुलाई आफ्नो पनि घरमा छोरी चेली आमा, दिदी बहिनी भएको जसरी सोच्न आग्रह गरेकी छिन् । उनले घरको दिदी–बहिनी, आमा, भाउजू, छोरीहरु माथि यस्तो शब्द कसैले प्रयोग गर्दा, तपाइलाई कस्तो महसुस हुन्थ्यो भनेर प्रतिप्रश्न गरेकी छिन् ।
उनले आधुनिक सभ्यताको सिको गर्न खोजेकाले कलाकारहरुमाथि यस्तो गाली वर्षिएको हुनसक्ने बताएका छन् । उनले आधुनिक हुने नाममा कतै सभ्यतालाई भुल्नु भएको त छैन भनी प्रियंकालाई प्रश्न गरेका छन् । उनले भने,‘नग्नतालाई नै आधुनिक सभ्यताको मानक मानेर नेपाली कलाकारले चर्चित बन्ने लोभमा धरातल नै मक्किएको छ ।
अनि तपाईंहरुले मिडियामा दिने अन्तरवार्ताको वजनले पनि दर्शकले स्तरमापन गरेका हुन सक्छन् ।
उनले यदि प्रियंका कार्की मन पर्र्दैन भने पेज लाईक नगरी ब्लक गरिदिन तर अश्लिल शब्दहरु प्रयोग गरि जथाभावी टिप्पणी नखेल्न टिप्पणीकर्तालाई आग्रह गरेकी छिन् ।
त्यस्तै प्रियंकालाई अपशब्द प्रयोग गरिपछि सञ्चारकर्मी विमल नेपालले टिप्पणी लेख्दै आफूलाई साँच्चै भावुक बनाएको र आफूलाई दुखित तुल्याएको बताएका छन् । उनले एक टिप्पणी लेख्दै भनेका छन् ‘नयाँ पुस्ताका कलाकारले किन दर्शककै अपमानको सामना गरिरहनु परेको छ ?
नयाँ पुस्तामा जमेका भनिएका वा आफूलाई अब्बल दर्जाको कलाकार दाबी गर्नेहरुले किन आफूलाई मेन्टेन गर्न सकेनन् ? कला क्षेत्र नै बदनाम हो या कलाकारको कमजोरी ?
0 comments
Write Down Your Responses