एचआईभी उपचारमा फड्को मार्दै वैज्ञानिक भाइरसको अंशलाई काट्न सफल...पढ्नुहोस

२४ चैत्र – एचआईभी संक्रमितको शरिरमा रहेको कोषबाट भाइरसलाई काटी संक्रमण फर्किनबाट बचाउने विधि ल्याबमा प्रमाणित भएसँगै एचआईभी र एड्सको उपचारका लागि अब धेरै वर्ष कुर्नु नपर्ने हो की भन्ने आशा उत्पन्न गरेको छ ।एचआईभी भाइरसले प्रतिरोधी कोषहरुलाई आक्रमण गरी मारी अन्य संक्रमणको जोखिममा पु¥याउछ । बेलायतमा कोषको डीएनएबाट भाइरसलाई काटेर निर्मूल गर्ने आर्ट जेनेटिक इडिटिङ प्रविधिको विकास गरेसँगै यस्तो सम्भव देखिएको हो । यो प्रयोग अहिले ल्याबमा परीक्षण गरिए पनि यसलाई तीन वर्ष मानिसमा पनि सफलतापूर्वक प्रयोग गरिने लिविस कार्ज स्कुल अफ मेडिसियनका अनुसन्धानकर्ताहरुले बताए ।‘पहिलो पटक भाइरल जीनको अंशलाई प्रयोगशालामा काट्न सफल भएका छौ ।

 मानव शरिरमा पनि यो प्रयोगलाई सफलतापूर्वक परीक्षण गनछौ,’ अध्ययन समूहका अनुसन्धानकर्ता प्राध्यापक कामेल खालीली भन्छन् । ‘परिणामले विभिन्न तहमा महत्व राख्छ । प्रतिरोधी कोषको डीएनएबाट एचआईभी काटछाट गर्न जीन काटछाट प्रणालीको प्रभावकारीता प्रदर्शन भएको छ ।

 लाई प्रदर्शन गरेका छन् । कोषलाई पुन संक्रमणबाट बचाउन र प्रविध कोषहरुका लागि पनि सुरक्षित छ भन्ने विषयलाई ल्याब प्रयोगले देखाएको छ । ‘यो एउटा ठूलो सम्भाव्यता हो । नतिजाका आधारमा तीन वर्षभित्र हामी क्लिनिकल परीक्षणमा जानेछौ,’ प्रा खालेली भन्छन् । बेलायतमा मात्र १ लाख मानिस एचआईभी संक्रमित छन् । एचआईभीकै कारण बर्सेनी ६ जनाको मृत्यु हुने गरेको छ ।

 संक्रमण नियन्त्रण गर्न अहिले एन्टिरेक्ट्रोभाइरल औषधी प्रयोग गरिन्छ । तर बिरामीले जीवनभर औषधी खानुपर्छ । बिचमै उपचार रोकेमा वा औषधी नखाएमा संक्रमण फेरी देखिन्छ र संक्रमितको रोग प्रतिरोधात्मक क्षमतालाई समाप्त पारिदिन्छ ।

 क्रिस्पर÷क्यास ९ नाम दिइएको यो नयाँ प्रविधि एआईभीको जेनेटिक कोडलाई निशाान गराइएको छ । यो कोष आफै कोषमा छिर्नेगर्छ । वैज्ञानिकहरुले क्यास ९ नाम गरेको प्रोटिनलाई लिएर यसलाई परितर्वन गरेका थिए ताकी यसले भाइरल कोडलाई पहिचान गर्छ ।

0 comments

Write Down Your Responses