यस्ता छन् श्रीमान/श्रीमतीबीच दूरी उत्पन्न गराउने कारणहरु - पढ्नुहोस
दाम्पत्य जीवनमा श्रीमान श्रीमतीबीच आपसी विश्वास अति आवश्यक हुन्छ । तर, कयौपटक शंकाका कारण सम्बन्ध चिसिन सक्छ । केही श्रीमानहरुमा श्रीमतीका केही कामबाट शंका उत्पन्न हुने गर्दछ ।
त्यसमध्ये केही कारण यस्ता छन् । मोबाइलमा बढी समय यदि कुनै विवाहित महिला मोबाइलमा धेरै कुराकानी गर्छन् या व्हाट्सएप, फेसबुकमा बढी सक्रिय छन् भने यस्तो अवस्थामा श्रीमानको मनमा शंका उत्पन्न हुने गर्दछ । यस्तो अवस्थामा आवश्यक छैन कि शंका उत्पन्न गराउने कुनै ठोस कारण होस् । एक्लै बाहिर जानु श्रीमानको अनुपस्थितिमा कुनै महिला पटकपटक बाहिर जान्छन् भने पनि त्यो श्रीमानका लागि शंका गर्ने एउटा कारण बन्न सक्छ ।
यसले पनि श्रीमानको नजरमा श्रीमतीप्रति शंका गर्ने अवस्था सिर्जना गर्दछ । पार्टीहरुमा अन्य पुरुषसँग हाँसेर कुरा गर्नु विभिन्न पार्टीहरुमा सहभागी हुनु सामान्य कुरा हो । तर, त्यस्ता पार्टीहरुमा अन्य पुरुषका साथ बढी हेलमेल बढाउने कोशिस गर्नु र हाँसीहाँसी कुरा गर्दा पनि श्रीमानको मनमा शंका उत्पन्न गराउन सक्छ । यसले श्रीमानको मनमा इर्श्या उत्पन्न गराउनछ ।
जुन बढ्दै जाँदा श्रीमतीप्रति शंकामा परिवर्तन हुन्छ । सजिन बढी ध्यान सामान्यतः सजिने र तयारी गर्ने बानी पुरुषको तुलनामा बढी हुने गर्दछ । तर यही कुरा कतिपय पुरुषका लागि पाच्य हुँदैन । त्यसले पनि दाम्पत्य जीवनमा चिसोपन ल्याउन सक्छ । घरमा कार्यालयका कुरा यदि कुनै कामकाजी महिला आफ्नो श्रीमानका सामु कार्यालयका सहकर्मीहरुको कुरा बढी गर्छन् भने त्यसले पनि राम्रो गर्दैन ।
यस्ता कुराले श्रीमानको मनमा आशंका जन्माउने गर्दछ । त्यसो त अहिलेको जमानामा महिला र पुरुष एकसाथ काँधमा काँध मिलाएर अघि बढिरहेका छन्। तैपनि पुरुषवादी मानसिकताको शिकार बनेका कतिपय मानिस बिना ठोस कारण आफ्नो मनमा शका बोक्ने गर्दछन् । जुन गलत हो ।


0 comments
Write Down Your Responses