सोह्रखुट्टेको खाजा घरभित्र दिउँसै यौनधन्दा ,चार युवतीसहित सातजना समातिए.....

चैत्र २९, २०७२ काठमाडौंः प्रहरीले खाजा घरको नाममा यौनधन्दा चलाइरहेको अवस्थामा सातजनालाई काठमाडौंको सोह्रखुट्टेबाट समातेको छ । सोमबार दिउँसो छापा मारेर यौन सम्पर्क गर्दै गरेका दुईजनासहित सातजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सोमेन्द्र सिंह राठोरले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । सोह्रखुट्टेको भ्याली कोल्ड स्टोर नजिकैको खाजा घरको भित्रपट्टीको कोठामा यौन धन्दा चलाइरहेको अवस्थामा प्रहरीले सञ्चालक रञ्जु कार्कीसहितलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा योना मोक्तान, आयुषा सुनार, डोल्मा लामा नामका युवती रहेका छन् । त्यसैगरी रामप्रसाद चौलागाईं, इन्द्र मोक्तान र दिनेश केसीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

0 comments

Write Down Your Responses