नयाँ वर्षमा नेपाल टेलिकमले दियो यस्तो छुट ।
२९ चैत । नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ ।
टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा यही चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।
जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई ति प्याकेज तीन दिनका लागि चैत ३० देखि २०७३ वैशाख २ गतेसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । डाटा सेवाअन्तर्गत १०० एमबी साइजको डाटा रु ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।


0 comments
Write Down Your Responses