प्रत्युसाले आत्महत्याको अघिल्लो दिन गर्भपतन गरेको खुलासा

एजेन्सी, बैशाख ७ - सानो पर्दामा छोटोसमयमै ख्याती कमाएकी अभिनेतृ प्रत्युसा बनर्जीले एक अप्रिलमा आत्महत्या गरिन् । 

आत्महत्याका पछाडिको कारण के हो पुर्णरुपमा नखुले पनि उनका प्रेमी राहुल राजकै कारण उनले आत्महत्या गरेको अधिकांशकोे अनुमान छ । अहिले पुलिसले पनि राहुललाई नै केन्द्रबिन्दुमा राखेर अनुसन्धान गरिरहेको छ । यसैबीचमा प्रत्युसाले आत्महत्या गरेको ठीक एकदिन पहिले गर्भपतन गरेको खुलासा भएको छ । 

मुम्बइको जेजे अस्पतालमा भएको परिक्षण पश्चात यो कुरा खुलेको पुलिसले बताएको छ । अस्पतालका अनुसार प्रत्युसाको पेटमा झण्डै एक महिनाको गर्भ थियो । तर राहुलले सबैकुरा नभनेसम्म उक्त गर्भ राहुल को थियो या थिएन भन्ने पत्ता लाग्न चाँही असम्भव छ ।

0 comments

Write Down Your Responses