गौतम बुद्धका बारेमा भइरहेको गलत प्रचार र भ्रमलाई अन्त्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा , बुद्ध बारे रहेको भ्रम हट्ने विश्वास
काठमाडौं वैशाख ७ – सरकारले गौतम बुद्धका बारेमा भइरहेको गलत प्रचार र भ्रमलाई अन्त्य गर्ने उद्देश्यले आउँदो जेठमा नेपालमा अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन गर्ने तयारी गरेको छ ।
सरकारले दुई हजार ५६० औं बुद्धजयन्तीको अवसरमा जेठ ६, ७ र ८ गते गर्न लागेकोसम्मेलनबाट बुद्ध नेपाल बाहिर जन्मिएको लगायत गलत प्रचारको अन्त्य हुने विश्वास लिएको छ । सम्मेलनको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार काठमाडौंमा लुम्बिनी अञ्चलका सांसदसँग छलफल गरेको छ ।
लुम्बिनी अञ्चलका सांसद तथा उद्योगमन्त्री सोमनाथ पाण्डेयले बुद्ध नेपालमा जन्मी सम्प्रदाय निर्माण गरेर मात्र अन्य देशका गर्ई क्रियाकलाप गरेको भन्ने कुरा विश्वलाई चिनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बुद्ध भारतमा जन्मिएको भनी पाठ्यपुस्तकमा लेखिएका कुरा सच्याउन समेत अन्तर्राष्ट्रिय सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
संस्कृतिमन्त्री आनन्दपप्रसाद पोखरेलले गौतम बुद्धले नेपालको लुम्बिनीमा जन्मँदै बुद्धत्व प्राप्त नगरेको भए २९ वर्षका उमेरमा परिवार, दरबार र श्रीपेच छाड्न सक्दैनथे भन्नुभयो । उहाँले बौद्ध धर्मका सम्प्रदाय हीनयान, बज्रयान र महायान पनि नेपालबाटै सुरु भएको जिकिर गर्नुभयो ।
लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने सांसद सुवर्ण ज्वारचन, राधाकृष्ण कँडेल, दिलशोभा पुन, तुलसा राना, जीवन श्रेष्ठ, सिर्जना तरामु खत्री लगायतले बुद्ध भूमिप्रतिको न्यायका लागि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन जरुरी भएको बताउनुभयो ।
सरकारले सम्मेलनको तयारीस्वरुप १०१ मूल आयोजक समारोह समिति र १३ उपसमिति गठन गर्नाका साथै बुद्ध धर्म मान्ने २३ देशका संस्कृतिमन्त्रीलाई निमन्त्रणा पठाइसकेको छ ।
सम्मेलनका लागि संयुक्त राष्ट्र सङ्घका महासचिव वान की– मुनलाई मन्त्री पोखरेलले निमन्त्रणा गरिसक्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गर्न उहाँ केही दिनमा जानु हुुनेछ । रासस


0 comments
Write Down Your Responses