आफूले ६५० युवतीसँग सेक्स गरेको एक क्रिकेटरको दावी
वेस्ट इन्डिजका विवादास्पद क्रिकेटर टीनो बेस्टले आफ्नो जीवनको आश्चर्यजनक खुलासा गरेका छन् । उनले आफूले अहिलेसम्म ५ सयदेखि ६ सय ५० जना युवतीका साथ सेक्स गरेको दावी गरेका छन् । ३४ वर्षीय क्रिकेट बलर बेस्टले अटोबयोग्राफी ‘माइन्ड द विन्डो–माई स्टोरी’ मा आफ्ना पार्टनर, जीवन र क्रिकेटका विषयमा कयौ कुरा उल्लेख गरको छन् ।
टीनो मैदानमा फिलन्टफ, आफरिदीजस्ता प्लेयरसँग भिडन्तजस्ता कारणले विवादमा रहेका छन् । टीनोले लेखेका छन्–म युवतीसँग प्रेम गर्दछु र युवतीहरु मसँग प्रेम गर्दछन् । मलाई लाग्छ कि तालु खुइले टाउको भएको संसारकै उत्तम ब्ल्याक लुकिङ मानिस हुँ ।
मानिसहरु मलाई जिस्काएर ब्ल्याक बैंड पिट पनि भन्ने गर्दथे । यो पुस्तकको माध्यमबाट बेस्टले आफ्नो जीवनमा भएका सबै विवादका बारेमा वास्ताविकता उल्लेख गरेको दावी गरिएको छ। पुस्तकका केही अंश अनलाइनमा पनि प्रकाशन भएको छ। पुस्तकका उनले आफ्नो पहिलो प्रेम मेलिसाका कारेमा पनि उल्लखे गरेका छन् । जसबाट उनको एक छोरी पनि छ।
उनले मेलिसासँगको सम्बन्ध अन्त्य भएपछि आफू कसरी प्लेब्वाय बनेँ भन्ने विषयमा पनि उल्लेख गरेका छन् । उनको यो पुस्तक यही महिनाको अन्तिमसम्म बजारमा आउने अपेक्षा गरिएको छ। को हुन टीनो ? टीनो संसारका फास्टेस्ट बलर्समध्ये एक हुन् ।
उनले वेस्ट इन्डिजका लागि २५ टेस्ट म्याच खेलिसकेका छन् । यसबीचमा उनले ५७ लिए । मैदानमा उनी इंग्ल्याण्डका अलराउन्डर एन्ड्र्यु फिल्टाफदेखि पाकिस्तानका शोएब मलिक र शाहिद आफरिदि र आफ्नै देशका साथी खेलाडी केरन पोलर्डसँग भिडिसकेका छन् ।
टीनोले अन्तिम टेस्ट डिसेम्बर २०१३ मा न्युजिल्याण्डविरुद्ध हेमिल्टनमा खेलेका थिए । उनले आफ्नो अन्तिम वानडे न्युजिल्याण्डविरुद्ध जनवरी २०१४ मा नेल्सनमा खेलेका थिए । यसपछि उनी टिमबाहिर रहेका छन् ।



0 comments
Write Down Your Responses