स्वरेजको गोलसँगै बार्सिलोनाद्धारा एथ्लेटिको मड्रिड पराजित
२४ चैत काठमाडौं - लुइस स्वरेलले दुई गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
एक गोलले पछि परेको बार्सिलोनाले स्वरेजको गोलसँगै पुनरागमन गर्दै १० खेलाडीमा सिमित एथ्लेटिको मड्रिडलाई २-१ ले पराजित गरेको हो ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा एथ्लेटिको मड्रिडले २५ औं मिनेटमा टोरेसको गोलबाट अग्रता लिएको थियो । तर, ३५ औं मिनेटमा टोरेसले नै रातो कार्ड पाए र एथ्लेटिको १० खेलाडीमा सिमिति भयो ।
टोरसको रातो कार्डले नै खेल टर्न भयो र बार्सिलोनाले कमब्याक गर्यो । ६३ औं मिनेटमा स्वरेजले बराबरी गोल गरे भने ७४ औं मिनेटमा विजयी गोल गरे ।


0 comments
Write Down Your Responses