युएईको फुजेरामा नेपालीको लगानीमा क्याफे

फुजेरा - यूएईको नेपाली समुदायमा सफल व्यावसायीका रुपमा परिचित नेपाली चेली बुटवलकी दीपा पाण्डेले फुजेरामा सिल्भर स्पुन क्याफेको औपचारिक सुरुवात गरेकी छन् । 

उत्तरी इमिरेटस फुजेराको सिकमकम एरियामा रहेको उक्त क्याफेको गत शुक्रबारबाट औपचारिक सुरुवात गरिएको हो । नेपाल बिज्नेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, फिस्टेल ट्राभलकी सञ्चालक श्रीमती मोती राई र समाजसेवी डीएल शर्माले संयुक्त रुपमा रिबन काटी क्याफेको उदघाटन गरे । रुपन्देही सेवा समाजका अध्यक्ष विष्णु सापकोटाको नेतृत्वमा कृष्ण पौडेल लगायतका पदाधिकारीहरुले क्याफेको सफलताको शुभकामना दिएका थिए । 

व्यावसायीहरु प्रकाश कोइराला र नेत्र शर्मा, लुम्बिनी वेल्फेयर सोसाइटीका अध्यक्ष गीतामणि पाण्डे, एनआरएन फुजेराका अध्यक्ष कृष्ण गिरि, सचिव शेर सुनार, नेपाली कलाकार समूहका अध्यक्ष विष्णु अधिकारी लगायतले सफलताका लागि पाण्डेलाई शुभकामना दिएका थिए । यो क्षेत्रमा रहेका नेपालीका अतिरिक्त भारतीय, पाकिस्तानी, बंगलादेशी तथा फिलिपिन्सका ग्राहकहरुलाई लक्षित गरी क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक पाण्डेले बताइन् । क्याफेमा मःमः,चाउमिन, परौठा, बर्गर, फ्रेन्च फ्रार्इ लगायत फास्ट फुडका प्रकारहरु उपलब्ध छ ।

0 comments

Write Down Your Responses