यस्तो छ, प्रत्युषा बेनर्जीको आत्महत्याको रहस्य... पढ्नुहोस

भारतीय टेलिभिजन सीरियल ‘बालिका बधु’की अभिनेत्री प्रत्युषा बेनर्जीले उनका प्रेमीको उक्साहटमा आत्माहत्या गरेको रहस्य खुल्दै गएको छ । २५ वर्षीया प्रत्युषाले प्रेमी राहुल सिंहसँगको झगडापछि गत शुक्रबार आत्महत्या गरेको भारतीय प्रहरीको अनुसन्धानले देखाएको छ । बनर्जीले शुक्रबार ९मार्च २१० आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । 

भारतीय प्रहरीले बेनर्जीको मृत शरीर उनी बसेकै फ्ल्याटमा भेट्टाएको थियो । प्रहरीले प्रत्युषाको मृत्युका सम्बन्धमा उनका नजिकका साथीसँग सोधपुछ गर्दा प्रत्युषा र उनका प्रेमीबीच झगडा नै उनको मृत्युको प्रमुख कारण भएको खुलासा गरेको छ ।

 प्रत्यूषाका आमा–बुबाले समेत हत्यामा राहुलको हात रहेको आरोप लगाएका छन् । प्रत्युषाकी आमा र बाबुले राहुलविरुद्ध बंगुरनगर पुलिस अफिसमा उजुरी दर्ता गर्दै न्यायको माग गरे । प्रत्युषाको प्रार्थना सभामा भावविह्वल भएर उपस्थित भएकी उनकी आमा सोमा बेनर्जीले छोरी माथि भएको अन्यायको खुलासा हुनुपर्ने माग गरिन । प्रार्थना सभामा उनले पत्रकारसँग भनिन्, ‘म सारा देशसँग आह्वान गर्छु । मेरी छोरीमाथि अत्याचार भएकै कारण उसले जिन्दगी समाप्त गरी । अब मलाई उ 'राहुल' चाहिँदैन छोरीले न्याय पाउनुपर्छ ।

’ ‘राहुललाई मृत्युदण्ड दिनुपर्छ’ प्रत्युषाका बुवा शंकर बेनर्जीले छोरीमाथि अत्याचार भएकाले भारतीय प्रहरीले अत्याचारको बारे स्पष्ट अनुसन्धान गर्नुपर्ने माग गरे । उनले भने, ‘हामी प्रत्युषाको अन्तिम संस्कार गरिराखेका छौँ । हामीले राहुलका विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छौँ । 

पुलिसले छोरीमाथि भएको अत्यचारका बारे सत्य सार्वजनिक गर्नुपर्छ ।’ प्रत्युषाका पिताले राहुललाई फाँसी दिनुपर्ने समेत बताएका छन् । उनका पिताले आक्रोशित हुँदै भने, ‘छोरीको हत्याले हामीलाई उजाड बनाएको छ । छोरीको हत्यामा संलग्नलाई फाँसी दिदा पनि फरक पर्दैन ।’ पिता शंकरले हत्यारामाथि सजाय नभएसम्म छोरीको मृत आत्माले शान्ति नपाउने समेत बताएका छन् ।

 ‘जबसम्म छोरीको हत्यामा संलग्नलाई सजाय हुँदैन तबसम्म छोरीको आत्माले शान्ति पाउदैन । हामी कानुनलाई विश्वास गरेर बसेका छौँ,’ शंकरले भने । प्रत्युषले आत्महत्या गर्दा राहुल घरमा थिएनन् प्रहरीका अनुसार जब प्रत्युषाले झुन्डिएर आत्महत्या गरिन त्यत्तिबेला राहुल घरमा थिएनन् । साँझ करिब ५ बजे जब उनी घरमा पुगे त्यो बेला प्रत्युषा रहेको कोठाको ढोका खोल्न सकेनन् । त्यसपछि उनले ढोका फोडेर भित्र पस्दा प्रत्युषालाई झुन्डिएको अवस्थामा भेट्टाएका थिए । 

 राहुलले पुलिसलाई फोन गरेर यसबारेमा जानकारी गराएका थिए । उनले त्यसपछि प्रत्यूषालाई लिएर कोकीलाबेन अस्पताल पुगेका थिए । अस्पतालमा उनलाई बचाउने कोशिस पनि गरियो तर केहीबेरमै प्रत्युषालाई डाक्टरले मृत घोषित गरिदिएका थिए । सुसाइड नोट पनि भेटिएन पुलिसलाई प्रत्यूषाको घरबाट कुनै किसिमको सुसाइड नोट समेत फेला परेन । 

 उनको परिवार मुम्बई बाहिर बस्दै आएको थियो । प्रत्युषा झारखन्डको जमसेदपुरको बासिन्दा हुन् । उनको भेट राहुलसँग जमसेदपुरमै भएको एक पार्टीका क्रममा भएको थियो । प्रत्युषाको ज्यान गएपछि उनका केही साथी कलाकारहरु उनले आत्महत्या गर्नै नसक्ने बताइरहेका छन् । कलाकार सारा खान भनिन्, ‘उनी एक मजबूत लक्ष्य भएकी युवती थिइन् । उनले आत्महत्या गर्नै सक्दिनन् ।

’ 'बिग बोस का प्रतियोगी रहेका एजाज खानले प्रत्युषाले आत्महत्या नगरेको बताएका छन् । उनको भनाइमा प्रत्युषा आत्महत्या गर्ने केटी नै हैनन् । प्रत्यूषाको मृत्युको खबरपछि भारतीय टेलिभिजन उद्योग शोकमा डुबेको छ । हरेक कलाकारदेखि कार्यक्रम उत्पादकसम्म आफूहरुलाई झट्का लागेको बताइरहेका छन् । उनले रियलिटी शो ‘बिग बोस–७’ मा पनि भाग लिएकी थिइन् । 

अहिले भने उनी कलर्स च्यानलमै ‘ससुराल सिमर का’ टीभी सिरियलमा देखिइरहेकी थिइन् । पछिल्लो केही समयदेखि प्रत्युषाको जीवनमा केही समस्या आइरहेको थियो। उनका निकट मित्रहरुका अनुसार उनको व्यवहार पनि झनक्क रिसाउने हुँदै गएको थियो । जनवरी महिनामा उनले आफ्नो घरमा चारजना प्रहरी जवान आफ्नो घरमा जबरजस्ती पसेको आरोप पनि लगाएकी थिइन् । 

 विभिन्न टेलिभिजन सीरियलमा अभिनय गरेकी प्रत्युषा सन् १९९१ मा जमशेदपुरमा जन्मिएकी थिइन् । सानै उमेरमा प्रत्युषाले ‘बालिका वधु’ बाहेक ‘बिग बोस ७’, ‘इतना करो न मुझे प्यारु’, झलक दिखला जा ५’, ‘ससुराल सिमर का’ लगायतमा कलाकारको भूमिका निर्वाह गरेकी थिइन ।

0 comments

Write Down Your Responses