इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर प्रदान कसलाई कति पर्‍यो हेर्नुस

चैत काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर प्रदान गरेको छ । 

बैंकले पत्रकार सम्मेलनको आयोजना गरेर एफपिओ सेयरमा लगानीकर्तालाई माग गरिएको सङ्ख्याको ३२.५ प्रतिशत र ठूला लगानीकर्तालाई ८.५ प्रतिशतका दरले बाँडफाँड गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्‍याउन गरेको निर्देशनअनुसार बैंकले साधारण लगानीकर्तालाई एफपिओमार्फत लगानी गर्न आग्रह गरेको थियो । बैंककाअनुसार दश र २० कित्ता माग गर्नेलाई गोला प्रथाबाट १० कित्ता सेयर प्रदान गरेको ‘घ’ भने ३० देखि ८० कित्ता आवेदन गर्नेलाई ३२.५ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको छ । 

त्यस्तै ९० देखि १८० सम्म आवेदन गर्नेलाई पनि १० कित्ता र १९० देखि दुई लाख कित्तासम्म आवेदन गर्नेलाई पनि ८.५ प्रतिशतका दरले मात्रै सेयर बाँडफाँड गरिएको छ । एफपिओमा एक लाख ६१ हजार १२० जनाले आवेदन दिएका थिए । त्यसमा ५६ हजार ५४२ जनाले भने ५० हजार रूपैयाँ भन्दा बढी रकमको सेयर माग गरेका थिए । अधिकतम दुई लाख कित्ता सेयर माग गर्ने २४ आवेदकलाई भने १७ हजार ३२ कित्ता सेयर प्रदान गरिएको छ । आवेदन परेको ४६औँं दिनमा सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषका निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिए । रासस

0 comments

Write Down Your Responses