दोलखाका भूकम्पपीडितले ५० हजार पाए, अब तपाइको जिल्लाको पालो कहिले हेर्नुस पुरा विवरण (फोटोकथा)

३० चैत, सिंगटी (दोलखा) । सोमबार र मंगलबार दुई दिनसम्म दोलखाको सिंगटीमा भूकम्पपीडितहरुको निकै ठूलो भीडभाड देखियो । 


विनाशको पीडाबाट आहत बनेको वर्ष दिन कट्नै लाग्दा उनीहरुको मुहारमा कुनै चमक थिएन । निन्याउरो एवं थकित अनुहार लिएर पीडितहरु घर निर्माणका लागि सरकारले बाँडेको ५० हजार अनुदान थाप्न सिंगटीमा भेला भएका हुन् । सरकारले भूकम्पपीडितलाई घर निर्माणका लागि दिने भनेको दुई लाख रुपैयाँको पहिलो किस्ता सोमबारदेखि दोलखाको सिंगटीबाट बाँड्न थालेको छ । 


सोमबार ५४ परिवारले रकम पाएका छन् । मंगलबार दिउँसोसम्म १ सय परिवारले अनुदान पाएका छन् । दोलखाको लादूक र लामीडाँडाका भूकम्पपीडितहरुले सोमबार र मंगलबार लाइनमा लागेर पहिलो किस्ताको अनुदान लिएका हुन् । उनीहरुले घर बनाए/नबनाएको हेरेपछि सरकारले अर्को किस्ताको रकम उपलब्ध गराउनेछ ।

0 comments

Write Down Your Responses