माछाको पेटभित्र ३ दिन बसेर ज्यूँदै बाहिर निस्किन सफल स्पेनका एक जना माझी

स्पेनका एक जना माझी लुइगी माक्व्रेजले हालै पत्याउनै नसकिने खालको दाबी पेश गरेका छन् । अघिल्लो हप्ता आफुलाई एउटा व्हेल माछाले निलेको र आफु व्हेलमाछाको पेटभित्र तिन दिन तिन रात सम्म बसेको दाबी उनले गरेका छन् । 

अघिल्लो हप्ता उनलाई व्हेल माछाले निलेको रहेछ । समुद्रमा आएको तुफानका बेला उनी डुबेको मौका पारेर उनलाई बिहानको समयमा व्हेल माछाले निलेको दाबी उनको छ । व्हेल माछाको पेटभित्र सबै अँध्यारो रहेको र निकै चिसो रहेको उनको अनुभव छ । माझीको दाबी अनुसार उनले व्हेल माछाको पेटभित्र व्हेलले निलेका काँचा माछा खाएर बाँचे । 

आफ्नो वाटरप्रुफ घडीको प्रकाशका कारण आफुलाई ज्यूँदो रहन सहयोग पुगेको उनी बताउँछन् । व्हेलले निलेको ७२ घण्टापछि व्हेलले पेटबाट बाहिर फ्याँकेको पानीको फोहोरासँगै आफु पनि बाहिर हुत्तिएर आएको उनको दाबी छ । ५६ वर्षकी यी माझीकी पत्नी पेनेलोप मार्किजले यो घटना सत्य भएको भन्दै यो ठूलो चमत्कार भएको बताइन् । 

आफ्ना श्रीमान समुद्रमा डुबेपछि पनि आफुले उनी ज्यूँदै फर्किनेछन् भनेर प्रार्थना गरेको र अन्ततः भगवानले आफ्नो पुकार सुनेको उनी बताउँछिन् ।

0 comments

Write Down Your Responses