विमानस्थलबाट फेरि समातियो एसएलआर हतियार व्रिटिश लाहुरे लिम्बुसहित तीन जना पक्राउ

काठमाडौं २५ चैत - त्रिभुवन विमानस्थलबाट विहीबार अर्काे हतियार बरामद गरिएको छ । 

नेपाल एयरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका नेपाली मुलका ब्रिटिश नागरिक राहदानी नम्बर ५१२९९९०४३ बाहक अभिषेक लिम्बुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुटकेशमा लुकाई लैजान लागेको एसएलआरको बुलेटजस्तो स्टिल रंगको बुलेट बेल्ट राउण्ड ६१ थान र १ थान खोकासहित प्रहरीले पक्राउ गरेको हो । उनलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकु पठाइएको महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 

यसैगरी मंलगवा नगरपालिका–१० स्थित हनुमान मन्दिर नजिकबाट सलेमपुर–७ बस्ने २५ वर्षीय रन्जित रायलाई नलकटुवा पेस्तोल १ नालसहित बुधबार प्रहरीले पक्राउ गरेको छ । साथै उनीसँगै हिँडिरहेका मलंगवा नगरपालिका–२ बस्ने २४ वर्षीय नबिन रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सानोश्री ताराताल नगरपालिका–८ स्थित ससुराली घरमा गई साली नाता पर्ने २२ वर्षीया सुसिला खत्रीलाई हातपात गरेको अभियोगमा गुलरिया नगरपालिका–१० बस्ने ३० वर्षीय श्याम खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

निज खत्री ३ दिन अगाडिदेखि बस्ने गरेको ससुराली घरको परालको टौवामा चेकजाँच गर्दा पुरानो बिग्रीएको भरुवा बन्दुक १ नाल र कुखुरा राख्ने खोरमा बोरामा राखेको सोडाजस्तो देखिने बस्तु २.५ के.जी.समेत फेला परेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

,

0 comments

Write Down Your Responses