निजी विद्यालयले अभिभावकको ढाड यसरी सेक्दैछन् शुल्क निर्धारण मापदण्ड निर्देशिका अवज्ञा गर्दै मनलाग्दो शुल्क
काठमाडौं २५ चैत - नयाँ शैक्षिक सत्र सुरु हुन एक सातामात्रै बाँकी छ । तर मुलुकभर साढे पाँच हजारभन्दा बढी निजी विद्यालयले शुल्क निर्धारणको प्रस्ताव गरेका छैनन् ।
उल्टै सरकारले ल्याएको शुल्क निर्धारण मापदण्ड निर्देशिका अवज्ञा गर्दै मनलाग्दो शुल्क उठाउन थालेका छन् ।
सरकार एवयं भने रमितेजस्तो भएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
दुई तिहाई अभिभावकको भेलाबाट शुल्क निर्धारण गर्नु पर्ने सरकारी निर्देशिका आफू अनुकुल नभएको भन्दै प्याब्सन र एनप्याब्सन अन्तर्गतका विद्यालयले आफूखुसी शुल्क उठाउन थालेका हुन् ।
निर्देशिका कार्यान्वयनको सटो संशोधन गर्नु पर्ने भन्दै उनीहरु प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनज पत्र बुझाउन पुगेका छन् ।


0 comments
Write Down Your Responses