यौन ब्यवहार कुन राशिको कस्तो हुने ?जानिराखौ
२७ चैत्र | विश्वमा मानिसमाथि ग्रहको प्रभाव रहेको हुन्छ । उसको जन्म स्थान र समयले उसको ब्यवहारमाथि सिधा प्रभाव पारिरहेको हुन्छ । अध्यायन अनुसार
पुरुष र महिलाको सेक्स ब्यवहार पनि उनीहरूको राशिअनुसार फरक—फरक हुने गरेको पाइएको छ ।
जानिराखौ कुन राशी भएका पुरुष र महिलाको सेक्स ब्यवहार कस्तो हुने गर्दछ |
मेषः
मेष राशिका मानिस अधिक कामुक र हट हुन्छन् । यिनीहरुलाई धेरै लामो समयसम्म सेक्स गर्नु मन पर्दैन । कम समयमा धेरै आनन्द उठाउने यो राशिका ब्यक्तिहरुमा सम्भोगका दौरान एक अल प्रकारको जोश हुन्छ । यिनीहरु सम्भोगका लागि एकदमै चाडै उत्तेजित हुन्छन् । यदि यिनको पार्टनर मेष राशिको भएमा प्रेमसँगै सेक्सका जीवनमा अदभूत आनन्द यिनीहरुले प्राप्त गर्छन ।
वृष
सम्भोगको समयमा वृष राशिका मानिसहरु चरम सुखमा पुग्नलाई लामो समय लगाउँछन् । यदि यो राशिकाहरुलाई अचानक सेक्सका लागि उत्तेजित पार्न खोजियो भने यिनीहरु सजिलै उत्तेजित हुँदैनन् । यिनीहरु सम्भोगभन्दा पहिले फोर प्ले र ओरल सेक्स एकदमै रुचाउँछन् । चुम्बनका लागि यिनीहरु खास एक्सपर्ट हुन्छन् । यिनीहरुलाई यौन सम्पर्कका लागि मनाउनु कठिन हुन्छ ।
मिथुन
मिथुन राशिकाहरु सेक्सुअल्ली सदैव क्रियाशील हुन्छन् । सम्भोगको समयमा पार्टनरसँग कुराकानी गर्नुमा यिनीहरुले मज्जा महसुस गर्छन । चरमसुख प्राप्त गर्नमा यिनीहरु काफी माहिर मानिन्छन् । यिनीहरुलाई सहज रुपमा उत्तेजित पार्न सकिन्छ । यिनीहरुक एकभन्दा बढी ब्यक्तिसँग यौन सम्बन्ध राख्नमा पनि सिपालु हुन्छन् । साथै, आफ्नो पार्टनरलाई सन्तुष्टमा पार्नका लागि पनि यिनीहरु माहिर हुन्छन् ।
कर्कटः
कर्कट राशिवाला मानिसहरु धेरै भावुक एवं मानसिक रुपमा संवेदनशील हुनाले यौन क्रियाबाट आनन्द उठाउने कुरामा यिनीहरु पछि परेका हुन्छन् । यिनीहरु काफी मुडी हुन्छन् । कर्कट राशिवाला मानिसहरु पार्टनरको सन्तुष्टी भन्दा आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । यही कारण यिनीहरुको सेक्स लाइफ निरश हुन्छ । हो, यदि यिनीहरुमा मुडमा आए भने त यौन सन्तुष्टी दिनका लागि सर्वाधिक माहिर हुन्छन् ।
सिंह
सिंह राशिका मानिसहरु तबसम्म सम्भोगका लागि सक्रिय हुँदैनन्, जबसम्म पार्टनरबाट उनीहरुलाई सिग्नल मिल्दैंन । सम्भोगको समयमा यिनीहरु धेरै उर्जावान हुन्छन् । सम्भोगको दौरान कयौं पटक यिनीहरु यति उत्तेजित हुन्छन् कि यिनीहरुलाई कुनै पनि कुराको ख्याल हुँदैन । यिनीहरु आफ्नो पार्टनरलाई आफूमाथि हावी हुन दिदैनन् ।
कन्या
कन्या राशिका मानिसहरुभित्र यौन सम्पर्कको धेरै प्यास हुन्छ । यिनीहरु फोरप्ले र ओरल सेक्समा बढी समय खेर फाल्दैनन् । यिनीहरु पनि काफी मुडी हुन्छन् । यदि मुड चलेन भने पार्टनरले केही गर्दा पनि यिनीहरु सम्भोगका लागि तयार हुँदैनन् । यिनीहरु विश्वस्त पार्टनरसँगमात्र यौन सम्बन्ध राख्दछन् ।
तुला
राशिवालाहरु आफ्नो पार्टनरलाई सधैं सन्तुष्ट पार्छन । यिनीहरु आफ्नो पार्टनरको इच्छाअनुसार नै सम्भोगका लागि तयार हुन्छन् । सजिलै आकर्षित हुनु र यौन सम्पर्कबाट चरम सुख हासिल गर्नु यिनीहरुको विशेष खुबी हो । यिनीहरु यौन सम्पर्कको समयमा कुराकानी गरेको मन पराउँदैनन् ।
वृश्चिक
वृश्चिक राशिवालाहरु भित्र सम्भोगको भोक अत्याधिक हुन्छ । तर, यो कुरा यिनीहरुको मुडमा बढी भर पर्छ । यो राशिका मानिसहरु बढी भावुक हुने भएका कारण सजिलै सेक्सका लागि तयार हुन्छन् । यो राशिका मानिसहरुको पार्टनर सेक्स लाइफको लिएर धेरै चिन्तित हुने गरेको देखिन्छ । यिनीहरुको सबैभन्दा राम्रो यौन जीवन वृश्चिक राशिवालाहरुसँग नै बन्छ ।
धनु
राशिका ब्यक्तिहरु काफी उत्साहवद्र्धक हुन्छन् । यिनीहरु यौन जीवनलाई खुलेर जीउनछन र अत्याधिक मस्ती गर्छन । त्यसैले सेक्सका लागि पनि चाडै तयार हुन्छन् । यिनीहरु चुम्बन र फोरप्लेमा उति रुची राख्दैनन् । सिधै सम्भोगमा यिनीहरु बढी मज्जा फिल गर्छन । यिनीहरुभित्र उत्तेजित गर्ने भावना निकै भरिपूर्ण हुन्छ । यिनीहरु सजिलै चरमसुख प्राप्त गर्छन ।
मकर
राशिका मानिसहरु सेक्स लाइफमा धेरै सावधानीपूर्वक चल्छन् । यिनीहरु सही ब्यक्तिसँग मात्र यौन सम्बन्ध स्थापित गर्छन । दोस्रोका लागि यिनीहरुका कुनै रुची हुँदैन । इमान्दार सेक्स लाइफ यिनीहरुको मन्त्र हो । ओरल सेक्स यिनीहरुलाई एकदमै प्रिय लाग्छ । पार्टनरको इच्छालाई ख्याल गर्ने विषयमा भने यिनीहरु थोरै लापरवाह हुन्छन् ।
कुम्भ
राशिका मानिसहरुको यौन जीवनमा फरक—फरक प्रयोग गर्न रुचाउँछन् । कयौं पटक यौन सम्पर्कको दौरानमा यिनीहरु यति उत्तेजित हुन्छन् कि यिनीहरुलाई कुनै पनि कुराको ख्याल हुँदैंन । सम्भोगका दौरान कुराकानी गर्न यिनीहरुलाई मन पर्दैन । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीभन्दा बढी ध्यान आफ्नो सन्तुष्टीमा दिन्छन् ।
मीन
सम्भोगका लागि यिनीहरु सदैव तयार रहन्छन् ।
मीन राशिका मानिसहरु आफ्नो पार्टनरको भावना बुझ्ने विषयमा धेरै अगाडि हुन्छन् । यिनीहरुलाई आफ्नो पार्टनरलाई सजिलै सन्तुष्ट गर्न सक्ने गुणी हुन्छन् । यिनीहरुलाई अलग—अलग प्रकारका क्रियामा सम्भोग गर्न मन पर्छ । मीन राशिवाला पार्टनरका सबैभन्दा सुखी जीवन यसै राशिका ब्यक्तिसँग हुन्छ ।


0 comments
Write Down Your Responses