बिरामी वा आफन्तले डाक्टरलाई सोध्नैपर्ने ४५ प्रश्नहरु

चिकित्सक वा कुनै स्वास्थ्यकर्मीले गर्ने कुनै पनि उपचार, औषधी वा परीक्षण वा तपाईंलाई दिने सुझावले आफ्नो स्वास्थ्यको बारेमा स्पष्ट हुन सघाउँछ । 

राम्रो उपचारको आशा गर्ने हो भने डाक्टरकहाँ जानुअघि के सोध्ने र के नसोध्ने भन्ने विषयमा पहिल्यै प्रष्ट हुनुपर्छ । चिकित्सकलाई प्रश्न सोध्ने र त्यसबारेमा जानाकारी लिने भन्नुको अर्थ आफ्ना लागि उपयुक्त स्वास्थ्य सम्बन्धि निर्णय लिएको बुझिन्छ । 

आफूले सेवन गरिरहेको औषधीको नाम सम्झनुहुन्न भने लेखेर चिकित्सककहाँ जानु राम्रो हुन्छ । यदि त्यो पनि सम्भव नभए खोलसहित औषधीको नमूना लैजाँदा उत्तम हुन्छ । आफ्नो स्वास्थ्य बारे जानकारी लिने र राम्रो उपचार पाउने हो भने निम्न कुरा सोध्नुहोस् ।

स्वास्थ्य समस्याबारे तपार्इंलाई भइरहेको अवस्थालाई चिकित्सकीय भाषमा के भनिन्छ । 
यसलाई अन्य कुनै नामले पनि चिनिन्छ कि ? 
यो लेखेरै दिनुहोस् न ? 
अवस्था कत्तिको गम्भीर छ ? 
के कारणले यस्तो समस्या भयो ? 
यो रोग अन्य मानिसलाई सर्छ कि सर्दैन ? उपचार आवश्यक छ कि छैन ? 
यदि छ भने कस्तो उपचार गर्ने ? 
मैले अन्य कुनै चिकित्सक वा विशेषज्ञलाई देखाउन जरुरी छ कि ? 
मेरो तर्फबाट कुनै सुधार गर्न आवश्यक छ कि ? 
यो रोग कति समय रहला ? उपचार प्रक्रियाबारे उपचार अन्तर्गत विभिन्न विषय पर्छन् । जस्तैः औषधी, उपचार विधि, जीवनशैली परिवर्तन (पोषण र व्यायाम), फिजियोथेरापी इत्यादि । यो उपचार कत्तिको प्रभावकारी छ ? 
यसको कुनै खतरा वा साइड इफेक्ट छ कि छैन ? 
यो अवस्थालाई उपचार गर्ने अन्य तरिका पो छन् कि ? 
कति समय मैले यसको उपचार गर्नुपर्छ ? 
उपचार नगरे के हुन्छ ? 
उपचार खर्च कति लाग्छ ? 
उपचारमा कुनै छुट हुन्छ कि हुँदैन ? 

औषधीबारे यो औषधी मलाई किन आवश्यक छ ? 

यो औषधी कति समय खान आवश्यक छ ? 
यो औषधी खाँदा कुनै साइड इफेक्ट हुन्छ कि ? 
यदि मैले कुनै साइड इफेक्ट महशुस गरे के गर्ने ? 
यसको विकल्पमा अन्य कुनै औषधी पो छन् कि ? 
यो औषधी नखाए मलाई के हुन्छ ? 
स्वास्थ्य अवस्था झन् जटिल हुन्छ कि ? 
यो औषधी मैले कतिखेर खाने? खानासँग खाने कि पानीसँग ? 
औषधी खाँदा के खान वा पिउन हुँदैन ? 
औषधीलाई कहाँ राख्न सकिन्छ ? 
यदि औषधी पसलले भिन्न ब्रान्डको उही औषधी दियो भने खान हुन्छ कि हुँदैन ? 
नियमित डोज खान बिर्सें भने के हून्छ ? 
गर्भवती अवस्थामा यो औषधी कसरी खाने ? 
औषधीलाई कति पर्छ ?

परीक्षणबारे

तपाईलाई विभिन्न परीक्षण आवश्यक हुन सक्छ । जस्तै रगत, पिसाब, एक्सरे, स्क्यान इत्यादि । कुनै परीक्षण निकै सामान्य हुन्छन् भने केही जटिल हुन्छन् । परीक्षणबारे निम्न प्रश्न गर्न सकिन्छ ? 

केका लागि परीक्षण गर्ने कसरी परीक्षण गर्ने ? 
कहिले–कहिले परीक्षण गर्ने ? 
परीक्षण गर्दा के फाइदा हुन्छ ? 
कुनै वैकल्पिक परीक्षण पो छन् कि ? 
परीक्षणको परिणाम कत्तिको सत्यतथ्य हुन्छ ? 
सकरात्मक परिणाम आयो भने के हुन्छ ? नकरात्मक परिणमले के हुन्छ ? 
यो परीक्षणले रोग थाहा पाउन सहयोग गर्छ ? 
परीक्षण अगाडि नियम पालना (भोकै बस्ने वा ग्लुकोजा खाने) गर्नु आवश्यक छ कि ? 
परीक्षणको खर्च कति लाग्छ ? 
कति–कति समयमा मैले परीक्षण गर्न आवश्यक छ ? 
परीक्षणको परिणाम कहिले आउँछ (केही घन्टा, दिन, साता इत्यादि) ?

0 comments

Write Down Your Responses