श्रीमान् विदेशमा रहेको समयमा श्रीमानलाई ऋणको भारी बोकाएर अर्कैसँग भाग्दा…प्रहरी फन्दामा

काठमाडौं चैत - श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भागने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

ऋण लिएर अर्कै पुरुषसँग भागेकी दिक्तेल नगरपालिका ८ की ३५ वर्षीया सुजाता राईलाई प्रहरीले पक्राउ गरेको छ । उनका श्रीमान् रोजगारीका सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् । महुली सहकारी संस्था , डिप्रोस सहकारी संस्था र गाउँका स्थानीयसँग ऋण लिएर उनी चैत १७ गते दोस्रो बिबाह गरेर भागेकी थिइन । उनलाई उदयवुरको कटारी बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रजित राईसँग विहै गरेर भागेको जानकारी पाएलगत्तै सुजाताविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सुजाताले श्रीमान्ले विदेशबाट पठाएको रकम समेत लिएर भागेको जनाइएको छ । नागरिकबाट -

,

0 comments

Write Down Your Responses