महिलालाई ठूला स्तनका दुखैदुख
पुरुषहरुलाई महिलाको ठूलो स्तनले आकर्षित गर्ने भनिएपनि महिलाहरुका लागि ठूला स्तनले कतिपय बेला अप्ठयारो अवस्था सिर्जना गर्दछ ।
स्तन र महिलाको शरीरको अनौठो सम्बन्ध रहेको हुन्छ । कहिले यिनै स्तन आकर्षक लाग्छन भने कहिले ठूला भएकोमा दिक्क पनि । जसका साना स्तन हुन्छन्, उनीहरुलाई ठूलो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ भने ठूला हुनेहरुलाई ठिक्कको भएजस्तो लाग्छ ।
एउटा भारतीय मिडियाले ठूला स्तन हुने महिलाहरुका दुखलाई यसरी व्याख्या गरेको छ ।
१. कहिलेकाहिँ छिटो छिटो सिढीबाट ओर्लिनु पर्ने बेला, कसरत गर्ने बेला या कसैका पछाडि दौडिँनु पर्दा अथवा नाच्दाखेरी केही समयका लागि आफ्ना ठूला स्तन उतारेर कतै राख्दिन पाए कस्तो हुन्थ्यो भन्ने लाग्छ ।
२. त्यतिमात्रै हो र यस्तो बेला या अन्य बेला पनि ठूला स्तन देखेर जब कुनै पुरुषले सोझै एकोहारो स्तन हेर्दा त्यो पुरुषको आँखा निकालेर कतै राख्ने मन गर्छ ताकि त्यसले त्यसरी हेर्न नसकोस् ।
३. ठूला स्तन हुँदा ब्रा र टीशर्टको पर्दालाई नै मात दिएर भित्री स्तनको भाग बाहिर सफासँग देखिने अवस्थामा त झनै अहसज अवस्था उत्पन्न हुन्छ ।

४. कहिलेकाहिँ टीशर्ट या शर्ट लगाएको बेला त्यसको ग्याप पुरा गर्न टाइट ब्रा लगाएको खण्डमा क्लिभेज देखिने अर्को समस्या आइपर्छ ।
५. समस्या त त्यतिखेर पर्छ, जब गाडीमा अगाडिको सीटमा बस्दा सीट बेल्ट लगाउनु पर्ने अवस्था आइपर्छ । ठूला स्तन हुने महिलाहरुले सीट बेल्ट या क्रास बडी झोला (व्याग) भिर्दाखेरी उनीहरुलाई जुन दुख हुन्छ, त्यो अरुले अनुभूति नै गर्न सक्दैनन् ।
यी ठूला स्तन हुने महिलाका दुख हुन । पुरुषहरुका लागि भने ठूला स्तन भएका महिलाहरु नै पहिलो रोजाई हुने कतिपय अनुसन्धानहरुले देखाएका छन् ।



0 comments
Write Down Your Responses