हिरामायाको जोवन देखेर केटा पल्कियो (भिडियोसहित)

नेपाली सांगीतिक क्षेत्रमा नयाँनयाँ अनुहार दिनप्रतिदिन आइरहेका छन् । यस क्षेत्रमा सामना गर्नुपर्ने बिभिन्न बाधा, अड्चनका कारण सबैजना टिकिरहन भने सक्दैनन् । तर सांगीतिक दुनियाँमा नै आप्mनो परिचय बनाउन चाहनेहरु यो क्षेत्र छोड्न सक्दैनन् । 

त्यसै मध्यकी गायिका हुन् हिरामाया वाइबा । २०६५ सालदेखि औपचारिक रुपमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी वाइबा आन्तरिक समस्याका कारण केहि समय यस क्षेत्रबाट टाढा 
रहिन ।

            

सात बर्षको अन्तरालपछि उनी फेरी नेपाली संगीत नगरीमा प्रवेश गरेकी छिन् । उनी भन्छिन् “म संगीतबाट टाढा रहन सक्दिन, जीवनभर संगीतमै रमाउन चाहन्छु संगीत नै मेरो सबैभन्दा ठुलो रुचि हो ।” सुमधुर स्वरकी धनी उनै हिरामायाले सात बर्षको अन्तरालपछि दर्शक श्रोताका लागि पल्कियो केटा पल्कियो बोलको रमाइलो गीत सार्वजनिक गरेकी छन् । उक्त गीतमा उनलाई टंक तिमल्सिनाले गायनमा साथ दिएका छन् भने शब्द संगीत पनि टंक तिमल्सिनाको नै रहेको छ । 

सानैदेखि गायनमा रुचि राख्ने हिरामाया सबैप्रकारका गीत गाउन रुचाउछिन् । तामाङ सेलो र आधुनिक गीत पनि चाँडै सार्वजनिक गर्ने उनले बताइन् । पल्कियो केटा पल्कियो बोलको गीतको भिडियो हिरामाया वाइबा नामको आफ्नै यू—ट्युव च्यानलबाट उनले सार्वजनिक गरेकी छन् । सुनिल मगरले निर्देशन गरेको गीतमा रश्मि तामाङ र सिरोज थापाको उत्कृष्ट अभिनय रहेको छ । गीत निकै रमाईलो रहेको र एकपटक सुनेपछि सबै श्रोता, दर्शकले मन पराउनेमा उनी विश्वस्त छिन् ।

,

0 comments

Write Down Your Responses