अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा हवाई आक्रमण १० तालिवान मारिए
कुन्दुज - अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सुरक्षाकर्मीको कारबाहीका क्रममा १० जना तालिवान लडाकू मारिएका छन् ।
उक्त प्रान्तको आर्ची जिल्लामा आश्रय बनाएर लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी सोमबार गरिएको हवाई आक्रमणमा ती तालिवान मारिएका हुन् ।
अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । त्यस क्रममा अरु केही घाइते पनि भएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आर्ची जिल्लाको दसत ई इलाकामा यसअघि पनि गतहप्तामात्र तालिवान लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी एक दर्जनभन्दा बढी तालिवान मारिएका थिए ।
एकहप्ता अघिबाट नै प्रहरी कारबाही जारी रहेको यस आर्ची जिल्लामा सोमबार पनि हवाई आक्रमण गरिएको जनाइएको छ ।
अमेरिकी हवाई आक्रमणमा दुई आइएस आतङ्ककारी मारिए
पूर्वी अफगान प्रान्त नान्गाहारमा आइतबार अमेरिकासँग आवद्ध संयुक्तबलले गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट्स ९आइएस० का दुई जना आतङ्ककारी मारिएको एक सैनिक विज्ञप्तिमा सोमबार जानकारी दिएको छ ।
सो संयुक्तबलले आचिन प्रान्तमा आइएस लडाकूको आखडालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा दुई आतङ्ककारी मारिएको अफगान बिशेषबलद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी शनिबार अफगानिस्तानको राजधानी काबुलमा जारी विशेष कारबाहीमा परी दुई तालिवान आतङ्ककारी पक्राउ परेका जनाइएको छ । एजेन्सी


0 comments
Write Down Your Responses