९ वर्षीया बालिकाले मृत्युको मुखबाट चार जनालाई बचाइन्

,
८ वैशाख। ९ वर्षकी बालिकाले डेढ वर्षको बालक च्यापेर अन्य चार जना बालबालिका समेतलाई तीन घण्टाको जंगलको उकालो बाटो पार गरी सकुशल ज्यान बचाएको भन्दा पत्यार नलाग्न सक्छ । गाउँमा आगो सल्किएपछि मधुकुमारी बयलकोटीकी छोरी गीताको हिम्मतको प्रशंसा भएको छ । उनले डेढ वर्षीय काखे भाई शान्तलाई च्यापेर भवनेश्वरीको ग्वाल्टारसम्म सकुशल ल्याएकी थिइन् । बहिनीहरु नविता, प्रमिला र अन्य गाउँकै दुई जना बालबालिकालाई जंगलको बाटो हिँडाएर सुरक्षित स्थान ग्वाल्टारमा लगेकी थिइन् । ‘काममा गएका थियौं, आगो सल्किएपछि आउँदा घर बलिरहेको थियो, भित्र पस्ने अवस्था थिएन, सबै केटाकेटी परे भनेर आश मारेका थियौं, त्यत्रो डढेलो लागेको जंगल पार गराएर सबैलाई सकुशल गीताले राखिछ,’ आमा मधुकुमारीले भनिन् । केटाकेटी कोही रहेनन् भनेर रुवाबासी चलेको थियो, पछि ग्वाल्टारमा फोन गरेपछि सबै फेला परे । गीताले सबै सकुशल त राखिन् तर उनमा मनोत्रासाले घर गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses