हिरोइनका दुःखः रिलमा जस्तो रमाइलो छैन रियलमा
काठमाडौं - रिलमा निकै चम्किलो देखिन्छन् कलाकार । भड्किलो पोशाक, मन्द मुस्कानले पनि रिलमा चम्किलो बनाउन सघाएको हुन्छ उनीहरुलाई । रिलमा हराभरा देखिने कलाकारले रियल लाइफमा भने कहिलेकाँही निकै सास्ती भोग्ने गरेका छन् ।
तीनसय बढी म्यूजिक भिडियोमा काम गरेकी सुष्मा अधिकारी गोदावरीमा तीन वर्षअघिको घटना कहिल्यै बिर्सन्नन् ।
पुसको महिना, गोदावरी लोकेसन । निर्देशक थिए शिब बिक । पानीमा भिजेर अभिनय गर्नुपर्ने ।
निर्देशकले पहिल्यै भिजेर अभिनय गर्नुपर्छ भनेकाले मानसिक रुपमा तयार भएर बसेकि थिइन् । सुटिङ सुरु भयो । ट्याङ्करले पानीको फोहोरा दिन थाल्यो ।
निर्देशकको एक्सन संगै सुष्मा पानीको फोहोरामै नाच्न थालिन् । मोडल नयाँ थिए ।
पटक पटक टेक खाए । सहकर्मी मोडलले धेरै टेक खाँदा साँझसम्म पानीमा भिजेरै बित्यो ।
अब त सुटिङ सकियो भनेर खुसी हुँदै घर आएकी सुष्मालाई घर पुग्दा नपुग्दै हनहनी ज्वरो आइसकेको थियो । सुष्मा भन्छिन् ‘चिसो पानीमा भिज्दाको असरले एक हप्तासम्म औषधी खाएर सुत्नु पर्यो ।’
भोजपुरी फिल्म ‘जय मधेश’ को सुटिङमा पनि त्यस्तै आपत आइलाग्यो । बीरगञ्जमा सुटिङ हुँदै थियो खलनायकले आक्रमण गर्दा उनी भाग्नुपर्ने दृष्य थियो । निर्देशकको आदेश पाए लगत्तै उनी भागिन् । पछि पछि खेद्दै थिए खलपात्र । खलपात्रले उनलाई यस्तरी लडाए ।
सट राम्रो भयो भन्दै निर्देशक खुसीले चिच्याए । एकछिन् पछि थाह भयो । उनी त रियलमै लडेकी रहिछन्, अभिनय होइन रहेछ । खलानयकले खेद्दा लडेपछि घुँडामा चोट लाग्यो भने ,तीन दिन उनले सुटिङ गर्नै सकिनन् ।
म्यूजिक भिडियोको तुलनामा उनको फिल्म थोरै छ । फिचर फिल्मको तुलनामा म्यूजिक भिडियोको काम छिटो हुने र पारिश्रमिक पनि राम्रो पाइने भएकाले भिडियोमै केन्दि्रत भएको उनको भनाई छ ।



0 comments
Write Down Your Responses